काठमाडौं । होली अर्थात फागू पूर्णिमा हरेक वर्ष पूर्ण उल्लासका साथ मनाइन्छ । पूर्णिमाको रातमा होलीका दहन गरिन्छ र भोलि पल्ट रंगका साथ होली खेलिन्छ । यो वर्ष चैत १५ र १६ गते होली पर्व मनाइँदैछ । काठमाडौं लगायत पहाडी क्षेत्रमा चैत १५ गते आईतबार तथा तराईमा चैत १६ सोमबार होली मनाइँदैछ । यद्यपि, विगतका वर्षको तुलनामा यस वर्षको होली पर्व विभिन्न कारणले विशेष रहने भएको छ ।
ज्योतिषिहरुका अनुसार यस पटक होलीमा ४९९ वर्षपछि अद्भूत संयोग बनेको छ । होलीमा बनेको यो विशेष संयोग, तिथि, होलाष्क र शुभ मुहूर्तका बारेमा केही जानकारी;
कस्तो संयोग ?
ज्योतिर्विदहरुका अनुसार यो वर्षको होलीमा चन्द्रमा कन्या राशिमा रहने छ भने बृहस्पति र न्याय देव शनि आ–आफ्नो राशिहरुमा विराजमान हुनेछन् । ज्यातिषहरुका अनुसार ग्रहको यस्तो महासंयोग सन् १५२१ मा पनि बनेको थियो । ठ्याक्कै ४९९ वर्षपछि यो वर्षको होलीमा त्यस्तै महासंयोग बन्दैछ । रंग र खुशीको पर्व होलीमा यस पटक दुई वटा विशेष संयोग पनि रहेको छ । ज्योतिषिहरुका अनुसार होलीमा यस पटक सर्वार्थ सिद्धि योग र अमृत सिद्धि योग पनि बन्ने छ । यी दुवै योगलाई शुभ मानिन्छ ।