यो वर्षको होलीमा ४९९ वर्षपछि जुर्दैछ अद्भुत संयोग
काठमाडौं । होली अर्थात फागू पूर्णिमा हरेक वर्ष पूर्ण उल्लासका साथ मनाइन्छ । पूर्णिमाको रातमा होलीका दहन गरिन्छ र भोलि पल्ट रंगका साथ होली खेलिन्छ । यो वर्ष चैत १५ र १६ गते होली पर्व मनाइँदैछ । काठमाडौं लगायत पहाडी क्षेत्रमा चैत १५ गते आईतबार तथा तराईमा चैत १६ सोमबार होली मनाइँदैछ । यद्यपि, विगतका वर्षको तुलनामा यस वर्षको होली पर्व विभिन्न कारणले विशेष रहने भएको छ ।
ज्योतिषिहरुका अनुसार यस पटक होलीमा ४९९ वर्षपछि अद्भूत संयोग बनेको छ । होलीमा बनेको यो विशेष संयोग, तिथि, होलाष्क र शुभ मुहूर्तका बारेमा केही जानकारी;
कस्तो संयोग ?
ज्योतिर्विदहरुका अनुसार यो वर्षको होलीमा चन्द्रमा कन्या राशिमा रहने छ भने बृहस्पति र न्याय देव शनि आ–आफ्नो राशिहरुमा विराजमान हुनेछन् । ज्यातिषहरुका अनुसार ग्रहको यस्तो महासंयोग सन् १५२१ मा पनि बनेको थियो । ठ्याक्कै ४९९ वर्षपछि यो वर्षको होलीमा त्यस्तै महासंयोग बन्दैछ । रंग र खुशीको पर्व होलीमा यस पटक दुई वटा विशेष संयोग पनि रहेको छ । ज्योतिषिहरुका अनुसार होलीमा यस पटक सर्वार्थ सिद्धि योग र अमृत सिद्धि योग पनि बन्ने छ । यी दुवै योगलाई शुभ मानिन्छ ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
नबिल बैंक युरोमनी अवार्डस् फर एक्सिलेन्स २०२६ मा नेपाल्स बेस्ट बैंक सहित तीन प्रतिष्ठित अवार्डबाट सम्मानित
सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा ४७ प्रतिशत वृद्धि, ८९ करोड पुग्यो खुद नाफा
राष्ट्र बैंकले बजारबाट १ खर्ब रुपैयाँ तरलता तान्दै, ८३ दिनका लागि निक्षेप सङ्कलन गर्ने
एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
ट्रेन्डिङ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध

