हिम्मत भए समर्थन फिर्ता लिएर देखाउनुस : गोकुल बास्कोटाको चुनौती
पूर्व सञ्चारमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद गोकुल बास्कोटाले नेकपा ९माओवादी केन्द्रलाई सरकारको समर्थन फिर्ता लिन चुनौती दिएका छन्। सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद बास्कोटाले माओवादीले सरकारको समर्थन फिर्ता लिए नयाँ ढंगबाट अघि बढ्ने बताएका हुन्।
उनले भने, ‘समर्थन फिर्ता लिन नसक्ने, अर्को सरकार बनाउन नसक्ने, अनि काम चलाउन भो रे। समर्थन फिर्ता लिनुहोस्, नयाँ ढंगले अघि बढ्छ। आफैँ अड्काउने आफैँ पड्काउनेरु विचार लिएर जान सबै स्वतन्त्र हुन्छ। चुनावमा जानु प्रतिगमन हुन्छ भने शाही जनवाद ल्याउन गरिएको प्रयास चाहिँ अग्रगमन हुने हो र ?’ चुनावदेखि डराउनेहरुले संसद विघटनलाई प्रतिगमनको संज्ञा दिएको उनको भनाइ छ।
उनले भने, ‘ताजा जनादेशको विकल्प छैन। संसद विघटन बेठिक थिएन। बेलायत, भारतमा पनि चुनावमा हुने गरेको छ। त्यो प्रतिगमन हुन्छरु चुनाव सुन्दै डराउनेरु’
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको पक्षमा काम गरेको देखेर केही व्यक्तिहरुको प्रेसर बढेको उनले बताए। उनले भने , ‘१६५ वटा सडक बनाउने कुरामा पनि नकारात्मकता देख्नेरु प्रधानमन्त्रीले जनताको पक्षमा काम गरेको देखेर कसैको ब्लड प्रेसर बढेको छ। जनता दंग, नेताहरु भरङ्ग किन भएको होरु यो विचित्रको अवस्थामा किन देखियोरु भोलि तथ्यांक लिएर चुनावमा जाउँला।’ ओली नेतृत्वको सरकार देशलाई समृद्ध बनाउन लागेको उनको दावी थियो।
सम्बन्धित समाचार
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
ट्रेन्डिङ
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


