‘अब केपी ओलीका सकिने दिन आए’
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले अब प्रधानमन्त्री केपी शर्मा ओलीका सकिने दिन आएको बताएका छन् । नेपाली काँग्रेस केन्द्रीय शिक्षा विभागद्वारा नवलपरासीमा आयोजित राष्ट्रिय शिक्षा नीति प्रारम्भिक प्रतिवेदन प्रस्ताव, छलफल तथा अन्तक्रिया कार्यक्रममा खाणले नैतिकताका आधारमा राजीनामा नदिएर जितिया शासक जस्तो गर्दै हिँडे पनि अब ओलीका सकिने दिन आएको बताए ।
खाणले सबैभन्दा ठूलो जीत निःसन्देह वैचारिक जित भएको र त्यसमा काँग्रेस विजयी भएको बताउँदै संविधानले स्थापित गरेको लोकतन्त्रका सारभूत मान्यताको प्रणेता पनि काँग्रेस नै भएको बताए । संविधानलाई बहुसंख्यक नेपालीहरुले खुला हृदयले स्वागत गरेको अवस्थामा सोही संविधानको कार्यन्वयनको जिम्मा भने नेपाली नागरिकले नेपाली काँग्रेसलाई नदिनु पार्टीभित्रकै गुट उप-गुटले काम गरेको बताए ।
‘विचार र निर्वाचन भिन्न भिन्नै होइनन, एकै सिक्काका दुई पाटा हुन् । एकको विजयले अर्कोमा पनि स्वत : विजय हुनु पर्ने हो । तर, नेपाली काँग्रेस पार्टीको विचारले जितेर पनि चुनाव किन झार्यौं त ?,’ उनको प्रश्न छ । उनले अगाडि भने, के नेपाली काँग्रेसको राजनीतिक विचारमा नेपाली जनताको र हाम्रो बुझाई फरक छ ? के अहिले राजनीतिक विचार र मुद्दाको नेतृत्व नेपाली काँग्रेसले गर्दैन ?
यी प्रश्नहरूमा पार्टीभित्र गम्भीर र इमान्दार छलफल गर्नुपर्छ । एकपटक मात्र होइन निरन्तर छलफल गरेर किन हाम्रो र नेपाली जनताको हामी प्रतिको बुझाइमा सामन्जस्यता आउन सकेन ? यस बारे आम जनतालाई नेपाली काँग्रेसले बुझाउनु पर्ने खाणको भनाइ छ । साथै खाणले चुनावमा नेपाली काँग्रेसले खेप्नु परेको हारलाई काँग्रेस नेता कार्यकर्ताले सामान्य हारका रुपमा नलिएको बताए ।
त्यसलाई प्रतिकुल चुनावी परिणामले आम काँग्रेस समर्थक तथा शुभेच्छुकहरुमा समेत चरम निराशा उत्पन्न गरेको छ । उनीहरुको आत्मसम्मानमा गम्भीर ठेस पुगेको छ । आफ्नो विचार, मूल्य र मान्यतालाई आम नागरिक र राष्ट्रिय राजनीतिले स्विकार गर्दागर्दै जसरी चुनावी हारको सामना गर्नु परेको थियो, उनले भने ।
त्यसले काँग्रेसी तथा काँग्रेसजनमा एउटा विश्वासको संकटको स्थिति सिर्जना भएको बताउँदै यसलाई पार्टीले गम्भीर रुपले लिएर अगाडि बढिनु पर्ने बताए । साथै अब पार्टीलाई उकास्न वैचारिक, व्यवहारिक तथा रणनीतिक स्तरमा नयाँ सोच र गुट उपगुटमा अल्झिनु नहुने समेत खाणको भनाइ छ ।
सम्बन्धित समाचार
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
ट्रेन्डिङ
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


