Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

कोरोनाका कारण मुलुकमा बेरोजगारीको समस्या भयावह भएको भन्दै गगन थापा जंगिए

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७७, चैत्र, ३०
कोरोनाका कारण मुलुकमा बेरोजगारीको समस्या भयावह भएको भन्दै गगन थापा जंगिए

नेपाली कांग्रेसका नेता गगन थापाले कोरोनाका कारण मुलुकमा बेरोजगारीको समस्या भयावह भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा सांसद थापाले देशभित्र खुद्रा व्यापारीदेखि पर्यटन क्षेत्रका लाखौं नेपालीले रोजगारी गुमाएको भन्दै वैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली पनि कामविहीन भएको उल्लेख गर्नुभयो ।

संसदको शून्य समयमा थापाले भन्नुभयो, ‘कोभिडको प्रभावले देशभित्रका उद्योग, खुद्रा व्यापार र सबैभन्दा बढी पर्यटन क्षेत्रमा लाखौं नेपालीले रोजगारी गुमाएका छन् । सरकारी तथ्यांकले भन्छ, वैदेशिक रोजगारीमा पनि लाखौँले रोजगारी गुमाएर नेपाल फर्किएका छन् । फर्किएर आएका पनि जान पाएका छैनन् । यिनीहरूको पुनःस्थापनाको बारेमा यो चमत्कारी सरकार न केही सोच्छ, न केही गर्छ ।’

दक्षिण कोरियाको भाषा तथा सीप परीक्षा उत्तिर्ण गरेका हजारौं युवा महिनौंदेखि काठमाडौंमा अलपत्र परेकोमा ध्यानाकर्षण गराउँदै उहाँले यसबारेमा सदनलाई जवाफ देओस् भन्नुभयो ।

Top Changing Nepal

युट्युब सट्स