प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मेरो कित्ता डिजिटल सफ्टवेयरको औपचारिक उद्घाटन
प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा जग्गा प्रशासन सम्बन्धी डिजिटल प्रविधि बिहिबार ‘ल्यान्ड इन्फर्मेसन सिस्टम’ तथा ‘मेरो कित्ता’ अनलाइन एप्स औपचारिक शुभारम्भ भएको छ । बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा नापी विभागको आयोजनमा भूमी प्रशासन सुशासन सम्बन्धी डिजिटल सफ्टवेयर प्रधानमन्त्रीले स्वीच थिचेर उद्घाटन गरेका हुन् ।
उक्त सफ्टवेयर सन्चालनमा आएसँगै भूमी व्यवस्था तथा जग्गा सम्बन्धी सम्पूर्ण जानकारी, तथ्याङ्क एप्स मार्फत नै जानकारी पाउन सकिने र सेवाग्राहीले घरमै बसेर पनि आफ्नो जग्गाको कित्ताकाट गर्न सक्ने र त्यसको प्रिन्ट समेत गर्ने सकिने जनाइएको छ । यस्तो प्रणाली देशैभरका मालपोत कार्यालहरुमा उपलब्ध गराइने र सो तथ्याङ्क राष्ट्रिय सर्वरमा जोडि देशैभरका जग्गा सम्बन्धी तथ्याङ्क उपलब्ध गराइने सरकारले जनाएको छ ।
पहिलो पटक यो सेवा उपत्यकाका तीन स्थान कलंकी, डिल्लीबजार र भक्तपुर मालपोत कार्यालयमा सो सेवा उपलब्ध गराइने बताइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
