Jankari Kendra
२४ भाद्र २०८३, बुधबार
Worldlink

हावाहुरीसँगै चट्याङ पर्न सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, बैशाख, ३
हावाहुरीसँगै चट्याङ पर्न सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन

जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार पनि मुलुकका कतिपय स्थानमा हावाहुरी चल्न सक्ने भएकोले सचेत रहन आग्रह गरेको छ। अपरान्हपछि देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका हुन्। आज पनि हावाहुरीसँगै चट्याङ पर्न सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको हो। मौसमविदका अनुसार चट्याङ पर्दा यसबाट बच्न ध्यान दिनुपर्ने कुराहरु यस प्रकार छन्।

विहीबार मात्रै चट्याङ लागेर बाग्लुङ, स्याङ्जा र भोजपुरमा गरि तीन जनाको मृत्यु भएको छ।

सतर्कता अपनाउन आग्रह: 

सबैभन्दा उत्तम उपाय घरभित्रै बस्ने,  घरभित्र बस्दा पनि टेलिभिजन, टेलिफोन लगायतका विद्युतिय उपकरण नचलाउने, बन्द गर्ने, पानीका धाराहरु बन्द गर्ने, झ्याल तथा भित्तामा अडेस नलगाउने, अग्लो ठाउँमा नजाने, खुला चौरमा भएमा घोप्टो परेर बस्ने, रुखको नजिक तथा विद्युतका पोल नजिक नजाने, कार तथा गाडीभित्र भएमा झ्याल ढोका बन्द गरेर भित्रै बस्ने, फलाम तथा तामा मेटलका करेन्ट प्रवाह हुने सक्ने सामग्रीहरु नछुने, कसैमाथि चट्याङ परेमा तत्काल अस्पताल लैजानुपर्छ। चट्याङ लागेका मानिसलाई छुँदा अरु व्यक्तिलाई केही पनि हुँदैन।

चट्याङ लागेर ढलेको व्यक्तिको नाडी विचार गर्नु पर्छ र प्राथमिक उपचार दिन सकिन्छ भने दिनु पर्छ। चट्याङका कारण व्यक्तिको हड्डी भाँच्चिएको पनि हुन सक्छ। यस्तै श्रवण शक्ति र दृष्टि पनि गुम्न सक्छ, त्यसको जाँच गरिनु पर्छ ।

चट्याङ परेलगत्तै घर बाहिर निस्कनु हुँदैन । बादल मडारिएको वा आँधी आएको ३० मिनेटपछिसम्म पनि चट्याङ पर्छ र त्यसले क्षति गर्छ ।  बादल लागेको छ र गड्याङ्ग गुडुङ्ग गरेको छ, तपाईँको शरीरमा काँडा उम्रिएको ९रौँ ठाडा भएको० छ भने भने त्यो चट्याङ पर्ने संकेत हो । यस्तै अवस्थामा निहुरी परेर बस्नु पर्छ। हात घुँडामा राखेर टाउको दुई गोडाको बीचमा राख्नु उपयुक्त हुन्छ। छाता या मोबाइल फोनको प्रयोग गर्नु हुँदैन। धातु मार्फत चट्याङ शरीरमा घुस्न सक्छ।

Top Changing Nepal

युट्युब सट्स