• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ असार २०८३, आइतबार
१४ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
  • ६ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • ७ घण्टा 

२०८३ असार १५ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी
  • २२ घण्टा 

एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै
  • २३ घण्टा 

सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
  • १ दिन 

यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने
  • १ दिन 

२०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

५० वर्षको यात्रा सम्झँदै विभिन्न कार्यक्रमसहित नाडाको स्वर्ण उत्सवको शुभारम्भ
  • २ दिन 

लोकप्रिय समाचार

  • १. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • २. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ३. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ४. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • ७. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

  • ८. नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास

  • ९. रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि

  • १०. कस्तो छ आजको मौसम पूर्वानुमान ?

यी हुन् कोरोनाका पाँच खतरनाक लक्षण

admin २०७८, बैशाख, ६

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरले नेपालमा पनि चिन्ता बढाएको छ । भारतमा दिनकै लाखौं जनामा संक्रमण पुष्टि हुन थालेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपालमा समेत परिसकेको छ । सीमा नाकाबाट स्वदेश भित्रिनेहरुमा संक्रमण दर बढ्दै गएको पाइएको छ । त्यसको प्रभावका कारण नेपालमा समेत पछिल्लो दुई साता यता हरेक दिन संक्रमित हुनेहरुको संख्या बढिरहेको छ ।

विशेषज्ञहरुले कोरानाको यो जारी दोस्रो लहर अघिल्लो वर्षको भन्दा बढी घातक सावित भैरहेको दावी गरेका छन् । उनीहरुका अनुसार नयाँ कोभिड स्ट्रेन केवल अधिक संक्रामक मात्र छैन, यसले थुप्रै गम्भिर लक्षणहरु समेत ल्याएको छ । यसैबीच केही बिरामीहरु होम क्वारेन्टिनमै रिकभर भैरहेका छन् भने केहीको स्वास्थ्य बिग्रिएका कारण अस्पतालमा भर्ना भैरहेका छन् । कोरोना पोजिटिभ भएपछि कुन अवस्थामा अस्पताल जानु पर्छ भन्ने बारेमा छोटो चर्चा गरौं;

सास फेर्न गाह्रो
सास फेर्न गाह्रो हुनु तथा छातीको दुखाई संक्रमणको सबैभन्दा बढी खतराको संकेत हो । कोरोना भाइरस एक रेस्पिरेटरी इन्फेक्सन हो र यो भाइरसले हाम्रो ‘अपर ट्रयाक्ट’ मा हेल्दी सेल्सहरुलाई आक्रमण गर्छ । परिणामस्वरुप बिरामीलाई सास फेर्न गाह्रो हुन थाल्छ र उनीहरुको ज्यान नै जाने खतरा बढ्छ ।

अक्सिजन लेभल
कोरोना संक्रमित भएपछि शरीरको अक्सिजन लेभलमा पनि नराम्रो प्रभाव पर्छ । वास्तवमा, कोरोना पोजिटिभ भएपछि मानिसको फोक्सोको एयर ब्यागमा फ्लूड (तरल पदार्थ) भरिन्छ र शरीरमा अक्सिजनको लेभल कम हुन्छ । यस्तो भएको बेला बिरामीलाई तुरुन्त अस्पतालमा भर्ना गर्नुपर्छ ।

बेहोसी अथवा ब्रेन फङ्सनमा समस्या
कतिपय अवस्थामा कोभिड-१९ का बिरामीहरुको ब्रेन फङ्सन तथा नर्वस सिस्टमलाई प्रभावित हुन्छ । कतिपय बिरामीहरुमा कन्फ्यूजन, आलस्यता, छटपटि तथा बेहोसी जस्ता लक्षण समेत देखिएको छ । विशेषज्ञहरुको भनाइ के छ भने यदि कुनै बिरामीलाई सजिला काम गर्न समेत गाह्रो भैरहेको छ अथवा कुनै वाक्य बोल्दा समेत लरबराइरहेका छन् भने उनीहरुलाई तुरुन्त अस्पताल लैजानुपर्छ ।

छातीमा दुखाई
छातीमा कुनै पनि प्रकारको दुखाइर्लाइ वेवास्ता गर्नु हुँदैन । कोभिड–१९ को क्रममा फोक्सोको म्यूकोसल लाइनिङमा आक्रमण हुन्छ । त्यसैले छातिको यो भागमा बिरामीले दुखाइ तथा जलन महसुस गर्न थाल्छ । यस्तो अफ्ट्यारो भयो भने तुरुन्त अस्पताल भर्ना हुनुपर्छ ।

ओठमा नीलोपना
कोरोना पोजिटिभ भएको बेला कतिपय मानिसहरुको ओठ तथा अनुहारमा नीलोपना देखिन्छ । यो शरीरमा अक्सिजनको लेभल प्रभावित भएको संकेत हो, जसलाई मेडिकल भाषामा हाइपोस्किया भनिन्छ । हाइपोक्सिया भएको बेला हाम्रो शरीरका तन्तुहरुले पर्याप्त मात्रामा अक्सिजन पाएका हुँदैनन्, जसका कारण शरीरले सही तरिकाले काम गर्न सक्दैन ।

सामान्य लक्षण
ज्वारो, खोकी, घाँटीमा रुखापन, नाक बग्नु, शरीरमा दुखाई, जोर्नीको दुखाइ, स्वाद र गन्ध हराउनु कोरानाका अति नै सामान्य लक्षणहरु हुन् । सामान्यतया यी लक्षणहरु देखियो भने होम क्वारेन्टिन हुने सल्लाह दिइन्छ । यद्यपि, केही मानिसहरुमा यी लक्षणहरु निकै गम्भिर बन्न पुग्छन् । त्यस्तो बेला तुरुन्तै चिकित्सकसंग सम्पर्क गर्नुपर्छ ।

कुन बेला अस्पताल जानु पर्दैन ?
कोरानाका केही त्यस्ता लक्षणहरु पनि छन्, जुन देखियो भने अस्पताल जाने आवश्यकता पर्दैन । तपाईंले घरमै बसेर इमर्जेन्सी सेवामा फोन गरेर यस बारेमा राय लिन सक्नु हुनेछ । हल्का ज्वारो, डाइरिया, थकावट अथवा अन्य कुनै पनि सामान्य लक्षण देखिने बित्तिकै अस्पताल भैहाल्नु पर्दैन ।

कोभिड-१९ भयो भने के गर्ने ?
यदि तपाईं कोरोना संक्रमित भैसक्नु भएको छ भने होम क्वारेन्टिन अथवा आइसोलेसन वार्डमा बस्नु पर्छ । घरमा बालबालिका, ज्येष्ठ नागरिक अथवा कुनै गम्भिर रोगबाट पीडित व्यक्तिको सम्पर्कमा आउनबाट बच्नुपर्छ ।

कसरी राख्ने आफ्नो ध्यान ?
स्वास्थ्य विशेषज्ञहरु के भन्छन् भने यदि तपाईं कुनै संक्रमित व्यक्तिसंग ६ फिटभन्दा कम दुरीमा करिव १५ मिनेटसम्म सम्पर्कमा रहनु भयो भने तपाईंलाई संक्रमण हुने सम्भावना अत्यधिक हुन्छ । त्यसैले संक्रमित व्यक्तिबाट टाढा रहनु पर्छ र घर बाहिर निस्कनुअघि अनिवार्य रुपमा मास्क लगाउनु पर्छ र घर आएपछि हातलाई साबुन पानीले धुनु पर्छ अथवा राम्ररी सेनिटाइज गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
कस्तो छ आजको मौसम पूर्वानुमान ?
टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

ताजा

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस

कस्तो छ आजको मौसम पूर्वानुमान ?

२०८३ असार १५ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.