‘ओली अध्यक्ष भएको पार्टीमा कसैलाई अन्याय हुँदैन’ : ओली
माओवादीबाट निष्कासित सबै सांसदलाई उपनिर्वाचनमा जिताइने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमा प्रवेश गरेका माओवादीका सबै पूर्व सांसदहरुलाई निर्वाचन गराएर जिताउने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा बोल्दै ओलीले माओवादी त्याग गरेर आएका सांसदको संरक्षण एमालेले गर्ने बताएका हुन् । नेकपा माओवादी केन्द्रले निष्कासन गरेपछि ती सांसदहरुको पद गुमेको थियो ।
उनले भने, ‘हाम्रो पार्टी तिर लागेका कारणले माओवादीले कारवाहीको नाममा रिक्त बनाएका पदहरु ३५ दिन देखि ६ महिनाभित्र हुने चुनावमा पुनः जिताएर ल्याइनेछ। पूर्व माओवादी साथीहरु प्रचण्डको डर, धम्की, मुद्दा सामना गरेर आफ्नो सांसद पद त्यागेर जुन ढंगले लाग्नुभयो, उहाँहरुलाई पुनः चुनाव गराएर जिताइनेछ । एमालेमा लागेपछि जसरी पनि संरक्षण हुन्छ। केपी ओली अध्यक्ष भएको पार्टीमा कसैलाई अन्याय हुँदैन।’
सम्बन्धित समाचार
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
ट्रेन्डिङ
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


