अनौठो थेरापी सुन्दरता बढाउन अनुहारमा ५० थप्पड
संसारमा सुन्दरताको पारखी को पो नहोला र ? अनुहार तथा जीउडालको सुन्दरता बढाउनका लागि अनेक खालका उपायहरू अपनाउँछन् मान्छेहरू । के तपाईंले अनुहारको सुन्दरता बढाउनका लागि थप्पड हान्ने चलनका बारेमा सुन्नुभएको छ ? हो, दक्षिण कोरियामा मानिसको अनुहारको सुन्दरता बढाउनका लागि थप्पड हान्ने चलन छ । थप्पड हानेर अनुहारको सुन्दरता बढाउने त्यो विधिलाई थप्पड थेरापी अर्थात् ‘स्लाप थेरापी’ भनिन्छ, जुन दक्षिण कोरियामा निकै लोकप्रिय छ ।
दक्षिण कोरियाली महिलाले सदियौंदेखि सुन्दरता बढाउन यो थप्पड थेरापीको प्रयोग गर्दै आएका छन् । जसअनुसार महिलाहरू आफ्नो सुन्दरता बढाउनका लागि हरेक दिन आफ्नो गालामा ५० थप्पड हान्ने गर्दछन् ।
यसरी गालामा थप्पड खानाले अनुहारको छालामा निखार आउने र पहिलेभन्दा सुन्दर बन्ने आम विश्वास छ । यो थेरापीमा जब गालामा हल्का थप्पड हानिन्छ तब अनुहारका हरेक हिस्सामा ताजा रगतको बहाव बढ्दछ । यसले छाला सफा गर्न मद्दत गर्दछ र अनुहारमा चमक आउँछ ।
हुनत थप्पड थेरापीको अर्थ कसैको अनुहारमा जोडसँग हिर्काउने होइन । यसमा विस्तारै हल्का हातले गालामा थप्पड हानिन्छ । महिलाहरू आफ्नै हातले आफ्नो गालामा थप्पड हानेर यो थेरापी गर्न सक्दछन् । यसमा दुईवटा हातले दुई गालमा छिटो छिटो हल्का थप्पड मार्नुपर्दछ ।
दक्षिण कोरियामा प्राचीन कालदेखि नै प्रचलित यो थेरापी अहिले कोरियाली संस्कृतिको फैलावट सँगै विश्वव्यापी बन्न थालिसकेको छ ।
दक्षिण कोरियामा महिलाहरूले बच्चैदेखि यो थेरापीको प्रयोग गर्दै आएका हुन्छन् । महिला मात्र होइन पछिल्लो समय पुरुषहरूले पनि थप्पड थेरापी प्रयोग गर्न थालेका छन् । यसलाई एन्टी एजिङ थेरापी पनि भन्ने गरिएको छ ।
सम्बन्धित समाचार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

