नेपाली बिजुली भारतमा १९ रुपैयाँसम्ममा बिक्यो
२२ जेठ २०७९, काठमाडौंः नेपालले भारतमा विजुली निर्यात सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत् भारतमा १९ रुपैयाँसम्म विक्री गर्ने लागेको हो । सो विद्युत शनिबार राति १२ बजेबाट निर्यात सुरु हुने भएको छ ।
प्राधिकरणले त्रिशुली र देवीघाटबाट उत्पादित करिब ३९ मेगावाट जलविद्युत विहीबारबाट भारतलाई विक्री गर्न थालिएको थियो । यसका साथै कालीगण्डकीको जलविद्युत उत्पादन भएसगैँ प्राधिकरणले १ सय ७७ दशमलव ७ मेगावाट विद्युत् भारत निर्यात गर्ने भएको छ ।
कालीगण्डकी ए को १ सय ४० मेगावाट, त्रिशूलीको २३ दशमलव २ मेगावाट र देवीघाटको १४ दशमलव ५ मेगावाट विद्युत् भारत निर्यात गर्ने छ । शनिबार रातिबाट निर्यात हुने विद्युत्को औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ (७ भारु) रहेको छ भने ‘अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ (१२ भारु ), न्यूनतम २.३८ रुपैयाँ ९१.४ (भारु) र औसत दर ११.२ रुपैयाँ (७ भारु) रुपैयाँमा विक्री हुने भएको छ । प्रति १५ मिनेटलाई एउटा ब्लक मानिन्छ र १५ मिनेटको ९६ ब्लक हुन्छन् । सोही अनुसार विजुलीको मूल्य पनि फरकफरक हुन्छ ।
प्राधिकरणका अनुसार बिहीबार निर्यात गरिएको विजुलीको अधिकतम मूल्य भारु १२ र न्युनतम २.४९ रहेको थियो भने शनिबार प्रधिकरणले अधिकतकम प्रतियुनिट मूल्य १९.२ रुपैयाँ र न्यूनतम ४.८ रुपैयाँ विजुली बिक्री गरेको छ ।
सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
