गत साता भित्रिएको विद्युतीय कार ‘नेटा भी’को विशेषता यस्ता छन्.. (मूल्यसहित)
जानकारी केन्द्र । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सद्वारा विद्युतीय सवारी ब्रान्ड नेटाको ‘नेटा भी’ विद्युतीय कार नेपाली बजारमा उपलब्ध गराइएको छ ।
चाइनिज अटो उत्पादक होजोन मोटर्सले उत्पादन गरेको उक्त विद्युतीय अर्थात ईभी कार गत साता मात्र नेपालमा प्रवेश गरेको हो । नेटा भीको लुक्स, डिजाइन तथा फिचरको सबैतीर प्रशंसक बढेसँगै हाल यसले सर्वाधिक ईभी पारखीको ध्यान आकर्षण गरिरहेको अवस्था छ ।
‘नेटा भी’का फिचरहरु यस्ता छन्ः
लम्बाई – ४ हजार ७० एमएम
चौडाई – १ हजार ६ सय ९० एमएम
उचाई – १ हजार ५ सय ४० एमएम
कर्व तौल – १ हजार १ सय ५१ किलोग्राम
ह्वीलवेस – २ हजार ४ सय २० एमएम
अधिकतम गति – १ सय १ किलोमिटर प्रतिघण्टा
शून्यदेखि ५० किलोमिटर प्रतिघण्टा ३.९ सेकेन्डमा
ग्राउन्ड क्लियरेन्स – १ सय ६० एमएम
ब्याट्री – ३८.५ केडब्लूएच सीएटीएल लिथियम
मोटरको पावर – ७० केडब्लू र ९० पीएस
चार्जिङ स्ट्यान्डर्ड – सीसीएस२
अधिकतम टर्क – १ सय ६० एनएम
१४.६ इन्चको इन्टेलिजेन्ट कन्ट्रोल स्क्रिन
बुट स्पेस – ३ सय ३५ लिटर
सिट क्षमता – ५
उक्त कार पूर्णरुपमा विद्युतीय सवारी उत्पादन गर्नको लागि डिजाइन गरिएको हुँदा निकै इफिसियन्ट रहेको उत्पादक कम्पनी होजोनको दाबी छ । होजोन उच्च प्रविधियुक्त सवारी र उक्त सवारीको माइलेजको लागि प्रसिद्बध छ । त्यस्तै, कम्पनीका अनुसार नेटा भीले पनि एकपटकको फुल चार्जमा ३८० किलोमिटर भन्दा बढी रेन्ज दिन्छ । नेटा भीको अधिकतम गति १०१ किलोमिटर प्रतिघण्टा रहेको छ ।
यसैगरी, उक्त कारमा सिएटीएलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग भएको छ । हाल, नेटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी प्रदान गरिएको छ ।
नेटा भी फ्रन्ट ड्राइभ मोड कार हो र यसमा फ्रन्ट तथा रेयर दुवैतर्फ डिस ब्रेक छ । कारको फ्रन्ट एक्सएलमा रहेको विद्युतीय मोटरले ७० किलोवाट, ९५ पीएस पावर र १६० एनएम टर्क जेनेरेट गर्दछ ।
बजारमा ईभी कारवप्रति चासो र लोकप्रियता बढेसँगै सीजी मोटर्सले १.५ र २.५ टन क्षमताको विद्युतीय पिकअपसमेत छिट्टै नेपाली बजारमा उपलब्ध गराउने जानकारी दिएको छ ।
‘नेटा भी’को मूल्य कति छ?
नेटा भी कारको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । साथै, सीजी मोटर्सका खरिदकर्तालाई ६.६ केडब्लूको चार्जर र १ वर्षको बीमाको सुविधा निःशुल्क रहने जनाइएको छ । त्यस्तै, हाल सरकारले बजेटमा १०० किलोवाट पावरसम्मको ईभीमा पुरानै कर लाग्ने जनाएको हुँदा नेटा भीले राम्रो प्रतिक्रिया पाउने आंकलन गरिएको छ ।
सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
