असारदेखि साताको ६ दिन नै शेयरबजार खुल्ने
जानकारी केन्द्र
२०७९, जेष्ठ, ३०
जानकारी केन्द्र । असार १ गतेदेखि सातामा ६ दिन नै शेयर कारोबार हुने जनाइएको छ । शनिबार मात्र शेयरबजार बन्द हुने भएको हो ।
नेपाल सरकारले गत जेठ १ गतेदेखि सातामा शनिबार र आइबार गरी २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । जसकारण, कारोबार दिनको सेडुल पनि परिमार्जन भई सोमबारदेखि शुक्रबारसम्म ५ दिन बजार खुल्दै आएको थियो ।
हाल सरकार आइतबार विदा दिने निर्णयबाट पछि हटेसँगै आइतबारदेखि शुक्रबारसम्म सातामा ६ दिन नै शेयर कारोबार हुने भएको हो । लगानीकर्ताहरुको माग अनुसार सातामा ६ दिन शेयर कारोबार गर्न लागिएको जनाइएको छ ।
नेप्सेले साताको अन्तिम कारोबार दिन शुक्रबार भने साढे दुई घण्टा मात्र बजार खोल्ने जनाएको छ । शुक्रबार ११ बजे बजार खोलेर साढे १ बजे बन्द गरिने जनाइएको छ । आइतबारदेखि बिहीबार भने ११ बजेदेखि अपराह्न ३ बजेसम्म नै कारोबार हुनेछ ।
सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
