साताको पहिलो दिन पनि शेयरबजार आरालै लाग्यो
जानकारी केन्द्र । आज साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार ओरालो लागेको छ ।
आज शयर कारोबार मापक नेप्से परिसूचकका अनुसार बजार १५.८२ अंकले घटेर २०३२.३४ विन्दुमा पुगेको छ । साथै, नेप्से ०.७७ प्रतिशतले घटेको छ । आज सेन्सेटिभ परिसूचक पनि २.३० अंकले घटेर ३८९.९५ विन्दुमा झरेको छ ।
सोमबार कूल २३० कम्पनीको २९ लाख २० हजार ७ सय ५ कित्ता शेयर खरिदबिक्री भई ९९ करोड ८६ लाख ७४ हजार २ सय ६२ रूपैयाँ बराबरको कारोबार भएको छ ।
यसैगरी, कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबैको शेयर घटेको देखिएको छ ।
त्यस्तै, आज सानिमा बैंक लिमिटेडले ९ करोड १ लाख ६१ हजार रूपैयाँले सर्वाधिक कारोबार गरेको छ ।
आज ग्रीन भेन्चर्स र बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै ५.४० प्रतिशतले घटेर १ हजार ४७ रूपैयाँ २० पैसा हुन पुगेको छ ।
केही दिन यता शेयरबजार राताम्मै देखिएको छ । लगानीकर्ताहरू बजार विरोधीको विरूद्धमा विभिन्न माग लिइ आन्दोलनमा उत्रिरहेका छन् । यद्यपि यी आवाज अझ सुनिएका छैनन् । लगानीकर्ताका यी मागहरु सम्बोधन भए भने बजारमा हरियाली आउला भन्ने आंकलन विज्ञहरु गर्छन्
सम्बन्धित समाचार
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

