काठमाडौं । आज बुधबार संवैधानिक प्रावधान अनुसार मुलुकका सातै प्रदेश सरकारले आर्थिक वर्ष ०७९र८० को बजेट सार्वजनिक गर्ने भएको छ ।
संघ सरकारले १५ जेठमा बजेट घोषणा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्न लागेको हो । सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् ।
यसैगरी, प्रदेश अनुरुप प्रदेश सरकारले प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाइएको छ । बजेटमा कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने स्रोतले जानकारी दिएको छ ।
कुल सात प्रदेश सरकारको चालु आवको बजेट जम्मा २ खर्ब ६१ अर्ब छ । संघको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारले बजेट ल्याउने भनिएको छ ।