राजश्व अनुसन्धान विभागको नयाँ महानिर्देशकमा कसलाई नियुक्त गरियो?
जानकारी केन्द्र
२०७९, असार, २
काठमाडौं । राजस्व अनुसन्धान विभागको महानिर्देशकमा झलकराम अधिकारी नियुक्त भएका छन् । अधिकारीले बुधबारदेखि नै जिम्मेवारी सम्हालेको जनाइएको छ ।
कर चुहावट र छलीका विषयमा अनुसन्धान गर्ने राजस्व अनुसन्धान विभाग एक महत्वपूर्ण र शक्तिशाली विभाग हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सहसचिव झलकराम अधिकारीलाई राजस्व अनुसन्धान विभागको महानिर्देशक नियुक्त गरेका हुन् । अधिकारीलाई सरकारले महानिर्देशक बनाउने तयारी गरेपछि निवर्तमान महानिर्देशक प्रकाश पौडेल सोमबार विभागबाट बिदा भएको जनाइएको छ । उनको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरूवा भएको छ ।
यसैगरी, महानिर्देशक अधिकारी राजस्व समूहमा लामो समयसम्म कार्यरत थिए । विगतमा उनले ठूला करदाता कार्यालयको प्रमुख तथा कर प्रशाशकको रुपमा काम समेत गरेका थिए ।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

