ओली सरकारले एसपीपी कार्यान्वयन गर्ने सम्झौता गरिसक्योः प्रचण्ड
जानकारी केन्द्र
२०७९, असार, २
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्ववर्ती सरकारले एसपीपी कार्यान्वयन गर्ने सम्झौता गरिसकेको दावी गरेका छन् ।
उनले पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बिहीबार भएको कार्यक्रममा सन् २०१९ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एसपीपी कार्यान्वयन गर्ने सम्झौता गरिसकेको बताए । उनले भने, ‘एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ मा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा छ । यो कुरा हामी सबैले बुझ्न जरुरी छ ।’
त्यस्तै, उनले आफूहरु भने कुनै सैन्य सम्झौता गर्ने पक्षमा नरहेको बताउँदै भने, ‘हाम्रो यो गठबन्धन त्यस्तो कुरामा लाग्दैन । जाँदैन । हामी नेपालको राष्ट्रिय स्वाधीनताको पक्षमा, नेपालको विकास र समृद्धिका पक्षमा दृढताका साथ उभिन्छौं ।’
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
काठमाडौं क्षेत्र नम्बर ९ मा डोलप्रसाद अर्याल विजयी,यस्तो छ मत परिणाम
कस्तो रहला आजको मौसम ?
पर्सामा स्रोत नखुलेको रकमसहित एक जना पक्राउ
कानुनी शिक्षा नै कानुनी शासनको आधार होः राष्ट्रपति भण्डारी
रवि लामिछानेका ड्राइभर छतबाट हाम फाले, टाउको र खुट्टामा चोट