बिन्ध्यबासिनी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुने
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ २० गते शुक्रबारदेखि निष्काशन गरेको शेयर आज बाँडफाँट हुने जनाइएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल प्रिअलटमेन्टको काम सकाएर शेयर बाँडफाँट गर्ने तयारी भएको हो । सानिमा क्यापिटलका अनुसार क्यापिटलको कार्यलय नक्सालमा आज असार ३ गते अपराह्न ३ बजे बाँडफाँट गरिनेछ ।
यसैगरी, पछिल्लो तथ्यांक अनुसार कम्पनीको आईपीओ १८ लाख ४५ हजार ६७ जना आवेदकबाट २ अर्ब १९ करोड ३५ लाख १ हजार रुपैयाँ बराबरको २ करोड १९ लाख ३५ हजार १० कित्ता शेयरको लागि आवेदन परेको थियो । जुन सर्वसाधारणलाई निष्काशनमा ल्याएको १३ लाख ६५ हजार कित्ता शेयरको १६.०७ गुणा बढी हो ।
उक्त कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो । जसमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीका लागि सुरक्षित छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषको लागि रहेको छ । बाँकी १३ लाख ६५ हजार कित्ताका शेयर मात्रै सर्वसाधारणको लागि बाँडफाँड गरिनेछ ।
आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । जहाँ १ लाख ३६ हजार ५ सयले मात्र १० कित्ता शेयर पाउनेछन् ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
