आजदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने
काठमाडौं । नेपाल सरकारले आज बिहीबारदेखि ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोभिड-१९ विरुद्धको फाइजर खोप लगाउने जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले पहिलो चरणअन्तर्गत २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा र साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने जनाएको छ । त्यस्तै, पहिलो चरणमा प्रदेश १ मा इलाम, झापा, मोरङ र सुनसरी जिल्लामा खोप दिइनेछ भने मधेस प्रदेशमा धनुषा, पर्सा, सिरहा, सप्तरी र महोत्तरी जिल्लामा खोप दिइनेछ ।
यसैगरी, बागमती प्रदेशमा ललितपुर, काठमाडौं, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुरमा खोप लगाइनेछ भने गण्डकी प्रदेशमा कास्की र नवलपरासी पूर्वमा खोप दिइनेछ । कर्णाली प्रदेशमा सुर्खेत र सुदूरपश्चिम प्रदेशमा कैलाली, कञ्चनपुर र डडेलधुरामा खोप दिइनेछ ।
त्यस्तै, विद्यालयमा रहेको खोप केन्द्रमार्फत खोप दिइने जनाइएको छ । मन्त्रालयले दोस्रो चरणमा बाँकी रहेका ५० वटा जिल्लामा भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप दिइने जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
