BS-VI मोडलको TVS Apache RTR 160 4V RTFI नेपालमा सार्वजनिक
काठमाडौं । जगदम्बा मोटर्सले असार ९ गते पर्पल हेज रक बारमा आयोजित औपचारिक समारोहमार्फत BS-VI मोडलको नयाँ TVS Apache RTR 160 4V RTFI सार्वजनिक गरेको छ । विभिन्न सञ्चारकर्मी, सेलिब्रेटी, नेपाली मोटो भ्लगर र जगदम्बा मोटर्सका प्रतिनिधिहरुको माझमा गरिएको सो कार्यक्रममा लोकप्रिय नेपाली ब्याण्ड कोबवेबको प्रत्यक्ष सांतीतिक प्रस्तुति पनि राखिएको थियो ।
TVS Apache RTR 160 4V RTFI नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको मोटरसाइकल हो जसमा तीन राइड मोडहरु (रेन, अर्बन र स्पोर्ट) जस्ता यस वर्गकै पहिलो र उत्कृष्ट फिचरहरु छन् । जसले सवारहरुलाई कुनै पनि सवारी परिस्थितिमा अनुकूल बनाउन सजिलो बनाउँछन् । यस मोटरसाइकलले स्पोर्ट मोडमा 17.55 PS @ 9250rpm र अर्बन र रेन मोडमा 15.64 Ps @8600rpm पावर उत्पादन गर्दछ । त्यस्तै, यसले स्पोर्ट्स मोडमा 14.73 Nm @ 7250rpm र अर्बन र रेन मोडमा 14.14Nm @7250rpm टर्क उत्पादन गर्दछ । राइड मोडहरुले पावर र सेटिङलाई कुनै पनि सवारी अवस्थाहरुमा अनुकूल बनाएर राइडरलाई सहायता गर्दछन् ।
मोटरसाइकलमा रेस ट्युन्ड फ्युल इन्जेक्सन (RTFI) प्रविधिको BS-VI अनुरुप इन्जिन रहेको छ । जसले राम्रो इन्धनको अर्थतन्त्र, विस्तारित पावर डेलिभरी, इन्जिनको स्थायित्व सुधार र उत्सर्जन नियन्त्रणमा मद्दत गर्छ । यो प्रविधिले मोटरसाइकललाई टिकाउ र वातावरणमैत्री बनाउँछ । यसमा SmartXConnect जस्ता प्रविधिहरु पनि छन् । जसले सवारीको बारेमा धेरै जनकारीहरु देखाउँछ र ब्लुटुथमार्फत राइडरको स्मार्टफोनमा जडान गर्न सकिन्छ । थप रुपमा, मोटरसाइकलमा एग्रेसिभ DRL हेडल्याम्प, एडजस्टेबल ब्रेक र क्लच लिभर, ABS जस्ता अन्य धेरै फिचरहरु छन् ।
टिभिएस मोटर कम्पनी–भारतका प्रतिनिधिहरुले जगदम्बा मोटर्सलाई नेपालमा टिभिएसको सफलताको लागि बधाई दिँदै नेपाली बजारमा आगामी टिभिएस अपाचे आरटीआर १६० ४भी को सफलताको कामना गरे । उनीहरुले यो मोटरसाइकलले १५० सीसीको सेग्मेन्टमा ‘बिग बाइक’ फिचर ल्याउने आफ्नो दृष्टिकोण रहेको र यसले नेपालमा मात्र नभई विश्वभरका उत्कृष्ट फिचर्सका साथ यो सेगमेन्टमा क्रान्ति ल्याउने बताए ।
कार्यक्रममा जगदम्बा मोटर्सका अध्यक्ष शहिल अग्रवालले नेपाली बजारलाई टिभिएसप्रतिको माया र स्नेहका लागि धन्यवाद दिनुभयो र नयाँ टिभिएस अपाचे आरटीआर १६० ४भी RTFI को बारेमा कुरा गर्नुभयो । उनले भने, ‘हामी नेपालमा यति धेरै फिचरसहितको मोटरसाइकल सार्वनजनिक गर्न पाउँदा निकै उत्साहित छौँ । नेपाली बजारले लामो समयदृखि यो मोटरसाइकलको प्रतिक्षा गरिरहेको छ । हामी लामो समयदेखि यो मोटरसाइकलका लागि जिज्ञासा पाइरहेका छौँ । कुनै पनि अटोमोबाइल ब्रान्डले यस खण्डमा यति धेरै सुविधाहरु सहितको उत्पादन लिएर आएको यो पहिलो पटक हो । यसले नेपालको इन्ट्री लेभल मोटरसाइकल क्षेत्रमा नयाँ बिहानी हुने निश्चित छ ।’
जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो । नेपालमा १३७+ डिलर र २००+ सेवा र स्पेयर पार्ट्स स्टेशनहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालको साथ, TVS ले बजारमा आफ्नो बलियो पकड कायम राख्न र ग्राहकहरुको मनमा स्थान बनाउन सक्षम भएको छ । गुण्स्तरीय उत्पादन, बिक्रीपछिको सेवा र देशभर ब्याकअप पार्टपुर्जाको उपलब्धतामार्फत उपभोक्तालाई दिएको उच्चतम सन्तुष्टिको कारणले आज टिभिएस नेपालमा सबैभन्दा रुचाइएको दुईपाङ्ग्रे ब्रान्ड बनेको छ ।
सम्बन्धित समाचार
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

