११ जना सहसचिव बरण्डामा
सरकारले खाली भएको ठाउँमा ११ जना सहसचिवलाई अतिरिक्त समूहमा राखेको छ । जबकि अहिले देशभर १७ जना सहसचिवको दरबन्दी रिक्त छ । अतिरिक्त समूहमा राखिएका कर्मचारीलाई जिम्मेवारी दिने गरिँदैन ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खाली बसेका सहसचिवहरूलाई रिक्त रहेको ठाउँमा पठाउन ढिलो गरेको छ । अतिरिक्त समूहमा राखिएको सहसचिवहरूको ड्युटी मन्त्रालयको बरण्डामा हुने गरेको छ । उनीहरू बिहान मन्त्रालयमा हाजिरी गर्न जान्छन्, हाजिरी गर्न बित्तिकै फर्कन्छन् । उनीहरूको लागि बस्ने कोठाको समेत व्यवस्था छैन ।
मन्त्रालयमा अहिले शोभाकान्त पौडल, यामप्रसाद भुसाल, भगवान अर्याल, रेखा कँडेल, प्रकाश पौडेल, प्रदीप परियार, सुरेश राउत, विश्वनाथ अर्याल, विष्णुप्रसाद कोइराला, श्यामकृष्ण थापालगायतका सहसचिव अतिरिक्त समूहमा छन् । सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले अतिरिक्तमा रहेका सहसचिवहरूलाई यही हप्ताभित्र खाली ठाउँमा पठाउने तयारी भएको बताए । आजको नागरिक दैनिकमा समाचार छ ।
सम्बन्धित समाचार
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

