Jankari Kendra
७ भाद्र २०८३, आईतवार
Worldlink

असार १५ गते आज राष्ट्रिय धान दिवस मनाइँदै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, १५
असार १५ गते आज राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौं । आज असार १५ गते १९ औं राष्ट्रिय धान दिवस मनाइँदै छ ।

यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाउने जनाइएको हो । दिवसको अवसरमा देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको छ । यस दिन असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै धान रोप्ने चलन छ ।

यसैगरी, वि.सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको हो ।

Top Changing Nepal

युट्युब सट्स