हरेक पालिकाको अस्पतालमा आँखा र दाँतको उपचार हुनेछः स्वास्थ्यमन्त्री खापुङ
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले सरकारको योजना अन्तर्गत हरेक पालिकामा बन्ने पालिका अस्पतालमा आँखा र दाँतको उपचार हुने व्यवस्था गरिने जनाएका छन् ।
मन्त्री खापुङले सोमबार नेपाल चिकित्सक आयुर्वेद संघको २५ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । सरकारको योजनामा प्रत्येक वडामा कम्तीमा पनि एउटा स्वास्थ्यचौकी हुनुपर्ने प्रावधान रहेकोले उनले योजना अनुसार नै सरकार अघि बढिरहेको बताए ।
मन्त्री खापुङले भने, ‘स्वास्थ्यको क्षेत्रमा अहिले सरकार धेरै संवेदनशील छ। सरकारको महत्त्वपूर्ण आर्थिक हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी छ। अहिले हामी संघीयताको अभ्यासमा छौँ । प्रत्येक वडामा कम्तीमा पनि एउटा स्वास्थ्यचौकी हुनुपर्छ भन्ने सरकारको घोषणा छ । प्रत्येक पालिकामा १५ बेडसम्मको हस्पिटल हुनुपर्छ भन्ने सरकारको घोषणा छ, योजना छ । त्यो योजना अनुसार नै सरकार अघि बढिरहेको छ । स्वास्थ्यचौकीमा वा पालिका हस्पिटलमा आँखाको उपचार गर्ने पनि एउटा कोठा हुन आवश्यक छ । यसैगरी एउटा दाँतको र एउटा आयुर्वेदिक चिकित्साको कोठा हुनुपर्छ।’
यसैगरी, उनले सिंहदरबार वैद्यखानाको मर्मतसम्भार र संवर्द्धन हुन नसक्दा नाजुक स्थितिमा पुगेको पनि बताए । वैद्यखानाको सुधारका लागि नयाँ नेतृत्व पुगेकोले अबका दिनमा सुधार हुनेमा आफू विश्वस्त रहेको उनी बताउँछन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
