आजदेखि राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको आईपीओ खुल्यो
काठमाडौं । आज असार २९ गतेदेखि राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपीओ बिक्री गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सहायक निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
उक्त कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्ने जनाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि निष्कासन गरेको बिक्री नभएको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको छ । जसबाट ७० हजार ९८८ कित्ता कर्मचारीका लागि र १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेको छ ।
त्यस्तै, सर्वसाधारणले भने बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि आवेदन दिन पाउनेछन् । लगानीकर्ताले न्युनतम १० कित्ता देखि अधिकतम २१ लाख कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन् । आईपीओमा साउन १ गतेसम्म आवश्यक आवेदन नपरे साउन ११ गतेसम्म म्याद लम्बिनेछ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवामा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु मेरो सेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन पाउनेछन् ।
यसैगरी, इक्रा नेपाले कम्पनीलाई ‘इक्राएनपी आईआर बी’ रेटिङ प्रदान गरेको छ । जसले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । कम्पनीले पूर्वी रूकुमको सिस्ने र भुमे गाउँपालिकमा पर्ने रूकुमगाड खोलाको पानिबाट ५ मेगावाट क्षमताको रूकुमगाड जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

