Jankari Kendra
२३ आश्विन २०८३, शुक्रबार

गभर्नरले ‘नेपाल श्रीलंका हुन्छ’ भन्दै नागरिकमा आतंक मच्चाएको आरोप

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, २९
गभर्नरले ‘नेपाल श्रीलंका हुन्छ’ भन्दै नागरिकमा आतंक मच्चाएको आरोप

काठमाडौं । नेपाली कांग्रेसले नेपाल श्रीलंकाको बाटोमा जाँदैछ भनेर सार्वजनिक रुपमा आतंक फैलाएको भन्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रश्न उठाएको छ ।

बुधबार कांग्रेसका तर्फबाट सांसद मीनबहादुर विश्वकर्माले प्रतिनिधि सभामा गर्भनरले मुुलुक श्रीलंकातिर जाँदैछ भनेर हिँडेको बताए । उनले प्रश्न गरेका छन्, ‘एउटा देशको अर्थतन्त्र कमजोर हुँदा मित्र राष्ट्रले श्रीलंका हुन्छ, श्रीलंका हुन्छ भन्दा त्यो देशमा मानसम्मान हुन्छ वा हुन्न? हाम्रो मित्रता कायम हुन्छ वा हुन्न?’ एउटा देश संकटमा परेको बेला गिज्याउनु उपयुक्त नहुने भन्दै उनले यस्तो बोल्न बन्द गनुृपर्ने बताए ।

उनको गभर्नरले सल्लाहकार भएर सरकारलाई सहयोग गर्नुपर्नेमा सार्वजनिक मञ्चहरुबाट श्रीलंका हुन्छ, अब टाट पल्टिन्छ भनेर आतंक फैलाएको आरोप लगाएका छन् ।

कांग्रेस सांसद विश्वकर्माले भने ‘रियल स्टेट कारोबारीहरुलाई निषेध गर्ने, निजी क्षेत्रलाई हतोत्साही गर्ने, सेयर मार्केटमा लगानीहरुलाई हतोत्साहित गर्ने काम भइरहेको छ, यो बन्द गरिनुपर्छ । अन्यथा जनताहरुले आवाज उठाउनुपर्ने हुन्छ र सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुपर्छ । गर्भनर जस्तो जिम्मेवार व्यक्तिलाई यस्तो नबोल्न र नागरिकहलाई आतंकित नगराउन रुलिङ हुनुपर्दछ ।’ उनलेले पटक पटक सभामुखसँग गभर्नरको बोलीमा लगाम लगाउने गरी रुलिङ गर्न माग गरेका छन् ।

Top Changing Nepal

युट्युब सट्स