सरकारी कर्मचारीलाई मुक्का हानेको आरोपमा ‘सुन मान्छे’ पक्राउ
जानकारी केन्द्र
२०७९, असार, २९
काठमाडौं । ‘सुन मान्छे’का रुपमा चिनिएका ४८ वर्षीय सुवास घिसिङ सरकारी कर्मचारीलाई कुटपिट गरेको आभियोगमा पक्राउ परेका छन् ।
उनी धनकुटाको पाख्रिवास घर भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ मा बस्दै आएका छन् । सोमबार घिसिङले नयाँबस्ती एभरेष्ट पम्पसँगै रहेको बागमती सभ्यता एकीकृत विकास समिति गुहेश्वरी फाँटका कर्मचारी बलराम श्रेष्ठलाई मुक्का हानेपछि प्रहरी बिट नयाँ बस्तीका प्रहरी टोलीले पक्राउ गरेको थियो ।
ठेकेदार समेत रहेका घिसिङले फोहोर अनुगमनको क्रममा फोहोरको बिषयलाई लिएर विवादमा श्रेष्ठलाई टाउकोमा मुक्का प्रहार गरी घाइते बनाएका थिए । हाल घिसिङलाई घटनाबारे थप अनुसन्धान गर्न ज्यान मार्ने उद्योगमा तीन दिन म्याद थप गरिएको जनाइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
