सेयर बजारमा उछाल, २ अर्ब ४१ करोडमाथि कारोबार
काठमाडौं । आज बिहीबार पनि सेयर बजार सकारात्मक देखिएको छ ।
आज बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक १४.७१ अंकले बढेर २००१.५३ विन्दुमा पुगेको छ । नेप्से ०.७४ प्रतिशतले बढेको हो । यता सेन्सेटिभ परिसूचक पनि १.७७ अंकले बढेर ३८३.१३ विन्दुमा रोकिएको छ ।
कूल २२० कम्पनीको ६२ लाख १० हजार ९ सय ८ कित्ता सेयर खरिदबिक्री भई २ अर्ब ४१ करोड १८ लाख ३४ हजार ५ सय ९९ रूपैयाँ बराबरको कारोबार भएको छ । साथै, यस दिन कूल १३ उपसमूहकै सेयर बढेको छ । जहाँ सर्वाधिक हाइड्रोपावर समूहको बढेको छ ।
बिहीबार एनआईसी एशिया बैंक लिमिटेडको ३० करोड १८ लाख ८६ हजार रूपैयाँले सर्वाधिक कारोबार भएको छ । आज एनआईबिएल प्रगति फण्डको मूल्य सबैभन्दा धेरै बढेको छ । फण्डको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर १० रूपैयाँ १४ पैसा पुगेको छ ।
यस दिन प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ५.०१ प्रतिशतले घटेर ३ सय ४१ रूपैयाँमा झरेको छ ।
लगानीकर्ताहरूले बारम्बार गभर्नरको नियतमा खोट रहेको बताउँदै आइरहँदा हाल सभामा पनि नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र) पार्टीहरुले गभर्नरको बर्खास्तको माग गर्दै आएको छ । यसैबीचमा उनको राजिनामाको कुरा चल्दा बजार बढेको केही लगानीकर्ताको अनुमान छ । नेकपा एमालेको अन्तर पार्टी निर्देशनमा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश रहेको र एम अधिकारी भन्नाले गभर्नर महाप्रसाद अधिकारी नै रहेको भन्दै उनको बर्खास्त माग गरिएको हो । जहाँ एमालेले भने विज्ञप्ती जारी गरीवरी एम अधिकारी गभर्नर होइनन् भन्दै स्पष्टिकरण दिएको छ ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

