कोरोना संक्रमितको संख्या हृवात्तै बढ्यो
काठमाडौं । कोभिड-१९ ले पुनः महामारीको रूप लिने त हैन भनी जनमानसमा चासो बढ्न थालेको छ । हरेक दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्दै आएको रिपोर्टमा कोरोना संक्रमितको संख्या दोब्बरले वृद्धि हुँदै गर्दा सर्वसाधारणमा चासो बढ्नु स्वाभाविके हो ।
बिहीबार सार्वजनिक गरेको २४ घण्टाको रिपोर्टको तथ्यांकअनुसार २ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार दैनिक भै दिउँसो सार्वजनिक गरेको रिपोर्टमा ३ हजार ८ सय ४ जनाको नमुना परीक्षण गरिएकोमार सय ६० जनामा संक्रमण पुष्टि भएको छ ।
दुई अंकमा भरेको कुल संक्रमितको संख्या बढेर चार अंक अर्थात् १ हजार १ सय ७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये २३ जना अस्पतालमा उपचार गराइरहेका छन् भने १ हजार १ सय ४८ जना होम आइसोलेसनमा छन् ।
अस्पतालमा रहेकामध्ये १४ जना सघन उपचार कक्ष (आईसीयू)मा उपचार गराइरहेका छन् । आइसीयमा रहेकामध्ये एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
