कोरोना संक्रमितको संख्या हृवात्तै बढ्यो
काठमाडौं । कोभिड-१९ ले पुनः महामारीको रूप लिने त हैन भनी जनमानसमा चासो बढ्न थालेको छ । हरेक दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्दै आएको रिपोर्टमा कोरोना संक्रमितको संख्या दोब्बरले वृद्धि हुँदै गर्दा सर्वसाधारणमा चासो बढ्नु स्वाभाविके हो ।
बिहीबार सार्वजनिक गरेको २४ घण्टाको रिपोर्टको तथ्यांकअनुसार २ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार दैनिक भै दिउँसो सार्वजनिक गरेको रिपोर्टमा ३ हजार ८ सय ४ जनाको नमुना परीक्षण गरिएकोमार सय ६० जनामा संक्रमण पुष्टि भएको छ ।
दुई अंकमा भरेको कुल संक्रमितको संख्या बढेर चार अंक अर्थात् १ हजार १ सय ७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये २३ जना अस्पतालमा उपचार गराइरहेका छन् भने १ हजार १ सय ४८ जना होम आइसोलेसनमा छन् ।
अस्पतालमा रहेकामध्ये १४ जना सघन उपचार कक्ष (आईसीयू)मा उपचार गराइरहेका छन् । आइसीयमा रहेकामध्ये एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

