बैतडीमा क्याम्पस प्रमुखमाथि बलात्कारको आरोप
काठमाडौं । बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीमाथि बलात्कारको आरोप लागेको हो ।
बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले आरोप लागेका नेगीविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको जनाए । कैलालीकी एक महिलाले आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै दिएको जाहेरीका आधारमा नेगीविरुद्ध इलाका प्रहरी कार्यालय पाटनमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ ।
उक्त जाहेरीका आधारमा मुद्दा दर्ता भएपछि क्याम्पस प्रमुख नेगीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्ने लागेको छ । कैलाली घर भई बैतडीको पुर्चौंडीमा ज्याला मजदुरी गर्दै आएकी सो महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको हो ।
नेगीले गत असार २० गते पानी माग्ने निहुँमा बलात्कार गरेको पीडित महिलाले जनाएकी छन् । बुधबार सो महिलाको स्वास्थ्य परीक्षण गरिएको र रिपोर्ट आउन बाँकी रहेको छ । यसैबीच, क्याम्पस प्रमुख नेगीले पदबाट राजीनामा समेत दिएको जनाइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
