बैतडीमा क्याम्पस प्रमुखमाथि बलात्कारको आरोप
काठमाडौं । बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीमाथि बलात्कारको आरोप लागेको हो ।
बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले आरोप लागेका नेगीविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको जनाए । कैलालीकी एक महिलाले आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै दिएको जाहेरीका आधारमा नेगीविरुद्ध इलाका प्रहरी कार्यालय पाटनमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ ।
उक्त जाहेरीका आधारमा मुद्दा दर्ता भएपछि क्याम्पस प्रमुख नेगीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्ने लागेको छ । कैलाली घर भई बैतडीको पुर्चौंडीमा ज्याला मजदुरी गर्दै आएकी सो महिलामाथि क्याम्पस प्रमुख नेगीले बलात्कार गरेको आरोप लागेको हो ।
नेगीले गत असार २० गते पानी माग्ने निहुँमा बलात्कार गरेको पीडित महिलाले जनाएकी छन् । बुधबार सो महिलाको स्वास्थ्य परीक्षण गरिएको र रिपोर्ट आउन बाँकी रहेको छ । यसैबीच, क्याम्पस प्रमुख नेगीले पदबाट राजीनामा समेत दिएको जनाइएको छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

