आज भारतमा प्रतिस्पर्धी द्रौपदी र सिन्हाबीच राष्ट्रपति निर्वाचन हुँदै
एजेन्सी । आज भारतको १५औँ राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ ।
निर्वाचनमा सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए)की साझा उम्मेदवार द्रौपदी मुर्मु र विपक्षी दलका यशवन्त सिन्हाबीच प्रतिस्पर्धा हुँदैछ । संसदको वर्खे अधिवेशनको पहिलो दिन निर्वाचन हुँदैछ । सन् २०१७ को राष्ट्रपति चुनावअघि देशको सर्वोच्च पदको लागि ६४ वर्षीय मुर्मु एक बलियो दावेदार थिइन । त्यति नै बेला बिहार राज्यपाल तथा दलित नेता राम नाथ कोविन्दलाई उक्त पदमा छनौटका लागि प्रस्ताव गरिएको थियो ।
ओडिशाकी आदिवासी तथा झारखण्डकी पूर्वगभर्नर मुर्मुलाई झारखण्डको सत्तारूढ झारखण्ड मुक्ति मोर्चाको पनि समर्थन छ । मुर्मुलाई बिहारका मुख्यमन्त्री नितिश कुमारले पनि समर्थनको आश्वासन दिएका छन् । त्यस्तै, शिवशेनाका दुबै गुटको उनलाई समर्थन गर्ने अनुमान छ । भाजपासँग गठबन्धन गरेको एकनाथ शिन्दे नेतृत्वको गुट र उद्धव ठाकरेको नेतृत्वमा रहेको गुटले पनि उनलाई समर्थन गरिरहेको छ । त्यस्तै, विपक्षी उम्मेदवार यशवंत सिन्हालाई समर्थन गर्ने ठाकरे गुटले १६ सांसदहरूले उद्धव ठाकरेलाई भेटेर मुर्मुलाई मतदान गर्न सुझाव दिएको छ ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
