धादिङमा कर कार्यालयको कर्मचारी भन्दै रकम उठाउने दुई पक्राउ
काठमाडौं । उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिकाका व्यापारीसँग कर कार्यालयका कर्मचारी भनेर रकम सङ्कलन गर्ने दुई जना पक्राउ परेका छन् ।
आफू कर कार्यालयका कर्मचारी रहेको भन्दै कर सङ्कलन गर्ने दुई जनालाई रकम सङ्कलन गरिरहेको अवस्थामै सोमबार पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयले पक्राउ पर्नेमा देव अधिकारी र मैना सापकोटा रहेको बताए । उनीहरुले गाउँको एक नेताले व्यापारीसँग कर उठाई कर तिरिदिन भनेको र वार्षिकरूपमा कर तिरिदिन रकम उठाएको बताए ।
रकम लिएपछि उनीहरुले ओम शिव शक्ति सेल्स सेन्टरको नगदी रसिद दिए । करदाता सेवा कार्यालय गल्छीका कार्यालय प्रमुख प्रेम श्रेष्ठले कार्यालयले बजारमा आफैँले नगद नउठाउने र कारोबारको विवरणअनुसार बैंकमार्फत मात्र कर लिने गरेकाले त्यसरी कर उठाउनेलाई कारबाही हुनुपर्ने बताए ।
त्यस्तै, आरोपितले प्रहरीले पक्राउ गरेपछि पसलेलाई कर तिर्न जान टाढा हुने हुँदा साना व्यापारीसँग कर सङ्कलन गरी लगेर तिरिदिने उद्देश्यले रकम लिएको बताए ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
