आज श्रीलंकामा नयाँ राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता
काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिएपछि नयाँ मंगलबार संसदमा राष्ट्रपतिका लागि मनोनयन हुँदैछ ।
गत हप्ता आर्थिक संकट विरुद्धको भीषण प्रदर्शनपछि गोटाबाया देश छोडेर भागेका थिए । त्यसपछि, बुधबार सांसदहरूले नयाँ राष्ट्रपति चयनको लागि मतदान गर्ने निर्णय गरेका छन् । कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेलाई सत्तारुढ श्रीलंका पिपुल्स फ्रन्टको समर्थन रहेकोले उनी अरुभन्दा बलियो देखिएका छन् ।
ट्रेड युनियनहरूले भने रनिल विक्रमासिंघेको राजपाक्षे परिवारसँग घनिष्ट सम्बन्ध भएकाले उनको मनोनयनको विरोध गर्ने बताए । त्यस्तै, श्रीलंकाका प्रमुख विपक्षी नेता सजिथ प्रेमदासाले राष्ट्रपतिको उम्मेदवारीबाट आफ्नो नाम फिर्ता लिने बताएका छन् । केही दिनअघि मात्र उनले राष्ट्रपति पदमा उम्मेदवारी दिने बताएका थिए ।
यसैगरी, एसजेबी पार्टीका नेता सजिथ प्रेमदासालेले ट्विटमा लेखेका छन्, ‘देशको हितका लागि म राष्ट्रपति पदको उम्मेदवारी फिर्ता लिन्छु । हाम्रो गठबन्धन र हाम्रा सहयोगीहरूले सांसद दलास अलापेरुमालाई विजयी गराउन कडा मेहनत गर्नेछन् ।’
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
