आज श्रीलंकामा नयाँ राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता
काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिएपछि नयाँ मंगलबार संसदमा राष्ट्रपतिका लागि मनोनयन हुँदैछ ।
गत हप्ता आर्थिक संकट विरुद्धको भीषण प्रदर्शनपछि गोटाबाया देश छोडेर भागेका थिए । त्यसपछि, बुधबार सांसदहरूले नयाँ राष्ट्रपति चयनको लागि मतदान गर्ने निर्णय गरेका छन् । कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेलाई सत्तारुढ श्रीलंका पिपुल्स फ्रन्टको समर्थन रहेकोले उनी अरुभन्दा बलियो देखिएका छन् ।
ट्रेड युनियनहरूले भने रनिल विक्रमासिंघेको राजपाक्षे परिवारसँग घनिष्ट सम्बन्ध भएकाले उनको मनोनयनको विरोध गर्ने बताए । त्यस्तै, श्रीलंकाका प्रमुख विपक्षी नेता सजिथ प्रेमदासाले राष्ट्रपतिको उम्मेदवारीबाट आफ्नो नाम फिर्ता लिने बताएका छन् । केही दिनअघि मात्र उनले राष्ट्रपति पदमा उम्मेदवारी दिने बताएका थिए ।
यसैगरी, एसजेबी पार्टीका नेता सजिथ प्रेमदासालेले ट्विटमा लेखेका छन्, ‘देशको हितका लागि म राष्ट्रपति पदको उम्मेदवारी फिर्ता लिन्छु । हाम्रो गठबन्धन र हाम्रा सहयोगीहरूले सांसद दलास अलापेरुमालाई विजयी गराउन कडा मेहनत गर्नेछन् ।’
सम्बन्धित समाचार
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

