नेपालसहित ८ देशमा प्रदर्शन हुँदै प्रदीप खड्काको फिल्म ‘प्रकाश’
काठमाडौं । भाद्र १० गतेबाट प्रदीप खड्का अभिनित फिल्म ‘प्रकाश’ नेपालसहित आठ देशमा एकसाथ प्रदर्शन हुने जानाइएको छ ।
बिनिस इन्टटेनमेन्टले नेपालसँगै अमेरिका, भारत, अष्ट्रेलिया, न्यूजल्याण्ड, युरोप, जापान, क्यानडा र मिडिलइष्टमा एकसाथ फिल्म प्रदर्शन गर्न भएको छ ।
यी देशहरुमा प्रदर्शन राइट्स १ करोड ७२ लाखमा बिक्री भएको जनाइएको छ । निर्माता महेन्द्र अधिकारीले चलचित्र अन्य केही देशहरूबाट पनि माग भइरहेको बताएका छन ।उक्त फिल्ममा दिनेश राउतको निर्देशन रहेको छ । जहा प्रदीपसँगै प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी,दीया मास्के, रेनु योगी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायत कलाकारको अभिनय रहेको छ ।
फिल्मको कथा विकास सुवेदीले तयार पारेका हुन् ।फिल्ममा शिक्षक बन्न एक युवाको संघर्षको कथा देखाइएका छन । राजेश श्रेष्ठले छायांकन गरेको फिल्मलाई जीवन थापाले सम्पादन गरेका छन् । महेन्द्र अधिकारी निर्माता रहेको फिल्मलाई आरआर फिल्म्सका रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् ।
सम्बन्धित समाचार
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ब्रहमाण्डका रहस्य खोतल्न नासाको ‘रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

