श्री स्टिल्सका छडको भारतमा निर्यात सुरू
काठमाडौं । रूपन्देहीको श्री स्टिल्सबाट मंगलबारदेखि टिएमटी छड पनि भारत निकासी सुरू भएको छ ।
पहिलो दिन ३५ टन छड बेलहिया नाका हुँदै भारत महाराजगन्जको कुनसेरवामा निर्यात गरिएको हो । यसअघि सिमेन्ट भारत निकासी हुँदै आएकोमा श्री स्टिल्सबाट टिएमटी छड पनि निर्यात गरिएको छ । प्रबन्ध निर्देशक राजेश अग्रवालको अध्यक्षता, रोहिणी गाउँपालिका अध्यक्ष विद्याप्रसाद यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरी निर्यात शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा प्रालिका प्रबन्ध निर्देशक अग्रवालले भारतीय बजारको माग अनुसार निर्यात बढाउँदै जाने जनाए । उनले हालको बजेटमा ल्याएको निर्यात नीतिअनुसार निर्यात सुरू भएको पनि बताए । उनले यो निर्यात उद्योगको नभई राष्ट्रकै सफलता भएकोले भन्दै सरकारलाई उत्पादनलाई निर्यात गर्ने वातावरण बनाउन आग्रह पनि गरे । उनले कम्पनीले नेपालमै पहिलो पटक भूकम्प र अग्नी, प्रतिरोधात्मक मानिने जापानी प्रविधिको स्वचालित प्लाण्टबाट गुणस्तरीय प्राइम छड उत्पादन गर्दै आएको थप जानकारी दिए ।
उनका अनुसार नेपाली उद्योगको क्षमता वर्षको १५ लाख मेट्रिक टन निर्यात गर्ने छ । प्रालिका ब्राण्ड म्यानेजर दीपक शाहले श्री स्टिल्स केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप र उमा ग्रुपको संयुक्त लगानीमा स्थापित तथा सञ्चालित रहेको बताए ।
यसैगरी, श्री स्टिल्सको प्रतिघण्टा ४० टन छड उत्पादन गर्ने क्षमता रहेको र हाल दैनिक ८ सय टन स्टिल, बिलेट उत्पादन गर्दै आएको जनाइएको छ । रोहिणी गाउँपालिका वडा नम्बर ३ सेमरहवामा स्थापना गरिएको श्री स्टिल्समा ३ अर्ब रुपैयाँ लगानी छ ।
सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
