रणवीर र आलिया विवाहको ३ महिनापछि हनिमुन जाँदै
एजेन्सी । बलिउड अभिनेता रणवीर कपुर ‘शमशेरा’ रिलिजपछि अभिनेत्री एवम् श्रीमती आलिया भट्टसँग एक साता हनिमुनमा जाने भएका छन् ।
उनी विवाहपछि फिल्ममा कामको प्रतिबद्धताका कारण हाल सम्म हनिमुनमा जान सकेका छैनन् । रणवीर ‘शमशेरा’बाट ४ वर्षको लामो ब्रेकपछि ठूलो पर्दामा फर्किएका छन् । कुराकानीका क्रममा उनले फिल्म रिलिजपछि पुनः ब्रेक लिने बताए । उनी अब छिट्टै लव रञ्जनको अनटाइटल्ड रोमान्टिक कमेडी फिल्ममा देखिनेछन् । जहाँ श्रद्धा कपूर पनि मुख्य भूमिकामा देखिनेछिन् ।
त्यस्तै, एक अन्तर्वार्तामा हनिमुनमा किन नगएको भन्ने प्रश्नको जवाफमा उनले भनेका थिए, ‘जब आलिया र मैले अचानक विवाह गर्ने निर्णय गर्यौं, तब हामी दुवैलाई थाहा थियो कि हामीसँग केही कामको प्रतिबद्धता छ । यस्तो अवस्थामा हामीले समय दिन सकेनौं । ‘फिल्म ‘शमशेरा’ रिलिज भएपछि आलिया र म छुट्टी मनाउने योजनामा छौं ।’
विवाहको लगत्तै आलिया हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को सुटिङका लागि लण्डन र रणवीर लव रञ्जनको फिल्मको सुटिङका लागि स्पेन गएका थिए । यी दुईले यही वर्ष १४ अप्रिलमा परिवार र केही विशेष साथीहरूको उपस्थितिमा विवाह गरेका थिए । यसअघि, सन् २०१७ मा फिल्म ‘ब्रह्मास्त्र’को सेटको पहिलो भेटपछि उनीहरु ५ वर्षसम्म प्रेमसम्बन्धमा थिए ।
आलियाले केही दिनअघि मात्र सामाजिक सञ्जालमा अस्पतालको तस्बिर शेयर गर्दै दुवै छिट्टै आमाबुवा बन्न लागेको बताएकी छन् ।
सम्बन्धित समाचार
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ब्रहमाण्डका रहस्य खोतल्न नासाको ‘रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

