युक्रेनको अनाज प्रशोधन केन्द्रमा रुसी मिसाइलको आक्रमण
काठमाडौं । युक्रेनी सेनाका प्रवक्ताले रुसी मिसाइल आक्रमणले ओडेसास्थित अनाज प्रशोधन केन्द्रहरूलाई लक्षित गरेको जनाएका छन् ।
रुसले बन्दरगाहबाट अन्न निर्यातका लागि युद्धरत पक्षबीच सहमति भइरहेका बेला प्रशोधन केन्द्रमा मिसाइल प्रहार गरेको जनाइएको छ । सैन्य प्रवक्ता युरी इग्नाटले भने, ‘ओडेसा बन्दरगाहमा विशेष गरी खाद्यान्न ढुवानी भइरहेको ठाउँमा प्रहार भएको थियो । दुईवटा क्षेप्यास्त्रले बन्दरगाहको पूर्वाधारमा प्रष्ठसँग प्रहार गरेको थियो । प्रहार गरिएको ठाउँमा अनाज थियो’ ।
युक्रेन र रुसले किभलाई ब्ल्याक सि हुँदै अन्न निर्यात गर्ने सम्झौतामा शनिबार हस्ताक्षर गरेका थिए । यो सम्झौतासँगै युद्धका कारण युक्रेनमा रहेको दशौँ लाख टन्न अन्न निर्यात गर्ने बाटो खुलेको छ । टर्कीले ब्ल्याक सी हुँदै युक्रेनबाट हुने अन्नको निर्यात पुनः सुरु गर्न रुससँग सम्झौता गरेको जनाएको छ । सम्झौतामा युक्रेन, रुस, टर्की र राष्ट्रसंघका महासचिवले इस्तानबुलमा हस्ताक्षर गरेका थिए । सहमतिअनुसार ढुवानी ट्रान्जिटमा हुँदा रसियाले बन्दरगाहहरूलाई निशाना बनाउने छैन् । युक्रेनी जहाजहरूले मालवाहक जहाजलाई मार्गनिर्देशन गर्नेछन् ।
यसैगरी, संयुक्त राष्ट्रसंघको सहयोगमा टर्कीले जहाजहरु को निरीक्षण गर्नेछ । त्यस्तै, ब्ल्याक सीमार्फत अन्न र मल को रूसी निर्यातको सुविधा हुनेछ । युक्रेन संकटका कारण विश्वमा खाद्यान्न आपूर्तिमा अभाव देखिएको छ ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
