पाकिस्तान सरकार सरकारी सम्पत्ति बेचेर ऋण तिर्ने तयारीमा
काठमाडौं । पाकिस्तान सरकारले सरकारी सम्पत्ति बेचेर ऋण तिर्ने निर्णय लिएको छ ।
उक्त विषयसँग सम्बन्धित एक अध्यादेश मन्त्रिपरिषदबाट पारित भए तापनि यसलाई संसदले पारित गर्न बाँकी छ । संसदले पारित गरेर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र यसले कानुनी रुप पाउने जनाइएको छ ।
द डनमा पाकिस्तानको संघीय मन्त्रिपरिषदले बिहीबार अन्तर सरकारी वाणिज्यिक हस्तान्तरण अध्यादेश २०२२ लाई स्वीकृति दिने निर्णय गरेको उल्लेख छ । उक्त समाचारमा यूएई, साउदी अरब, कतार लगायत देशलाई तेल तथा ग्याँस कम्पनी र सरकारी स्वामित्वमा रहेका ऊर्जा केन्द्रको शेयर बेच्ने उद्देश्यले यो निर्णय भएको जनाइएको छ । दोस्रो देशलाई सरकारी सम्पत्ति बेच्ने निर्णयविरुद्ध अदालतमा मुद्दा पनि चल्ने छैन ।
पाकिस्तानमा प्रस्तावित कानुन अनुसार प्रत्यक्ष लगानी गर्न अन्य राष्ट्रहरु आकर्षित हुने र संस्थाहरुको व्यवस्थापनमा पनि सुधार आउने तर्क सरकारले गरेको छ । पूर्वप्रधानमन्त्री इमरान खानले भने सरकारी सम्पत्ति बेचेर ऋण तिर्ने निर्णय सार्वजनिक भएपछि विरोध जनाएका छन् । ‘अमेरिकाबाट आयातित’ सरकारले सरकारी सम्पत्ति कुटिल तरिकाले बेच्न खोजेको भन्दै उनले त्यसो गर्न दिन नहुने बताए ।
खानले प्रधानमन्त्री सहबाज शरीफको परिवारले ३० वर्षदेखि पाकिस्तानलाई लुट्दै आएको आरोप लगाउँदै अहिलेको आर्थिक संकटको जिम्मेवार पनि उनीहरु नै रहेको बताए । उनले पाकिस्तानमा पनि छिट्टै श्रीलंकाको जस्तै आर्थिक संकट आउनसक्ने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री सरिफले पूर्वप्रधानमन्त्री खानको ट्वीटलाई जवाफ दिएका छन् । अन्तराष्ट्र स्रोतहरुमा सरिफले खानको नेतृत्वमा भ्रष्टाचार बढेको भनेर ट्रान्सपरेन्सी इन्टरनेशनलले नै भनेको र अहिलेको आर्थिक संकटको जिम्मेवार पनि उनी नै रहेको आरोप लगाएको भनिएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
