मंकीपक्सका बिरामी दिल्लीमा पनि..
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा थप एक व्यक्तिलाई मंकीपक्स देखिएको छ ।
नयाँ संख्यासँगै भारतमा कुल मंकीपक्सका बिरामीको संख्या चार पुगेको छ । भारतीय सञ्चारमाध्यमले दिल्लीमा भेटिएका मंकीपक्सका बिरामीको अन्तर्राष्ट्रिय ट्राभल हिस्ट्री नभएको जनाएको छ । यद्यपि बिरामी हुनअघि उनी भारतमै हिमाचल प्रदेश गएर आएका थिए ।
स्वास्थ्यकर्मीले दिल्लीमा देखिएको मंकीपक्सको यो पहिलो केस भएको जनाए । आइतबार पश्चिम दिल्लीका ३१ वर्षीय स्थायी बासिन्दामा उक्त संक्रमण पुष्टि भएको र दुई हप्तासम्म ज्वरो आएपछि ती व्यक्ति दुई दिनअघि लोक नायक हस्पतामा भर्ना भएका थिए ।
उनीलाई हाल आइसोलेसनमा छन् । यहीबीच, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आम नागरिकलाई नडराउन आग्रह गर्दै संक्रमणको अवस्था नियन्त्रित रहेको बताए । साथै, उनले संक्रमितका लागि छुट्टै आइसोलेसन वार्ड बनाएको पनि बताए । यसअघि, जुलाइ १४ मा भारतको केरलामा पहिलो मंकीपक्सका बिरामी पुष्टि भएका थिए । यूएईबाट भारत फर्किएपछि ३५ वर्षीय व्यक्तिमा मंकीपक्स पुष्टि भएको थियो ।
त्यसैगरी, जुलाइ १८ मा केरलामै दोस्रो संक्रमित भेटिए । दुबइबाट भारत फर्किएपछि उनमा पनि संक्रमण देखिएको जनाइएको छ ।
शुक्रबार यूएईबाट फर्किएका भारतीयमा पनि संक्रमण पुष्टि भएको थियो । विश्व स्वास्थ्य संगठनले शनिबार जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वका ७५ देशमा १६ हजारभन्दा बढी मंकीपक्सका बिरामी पत्ता लागेका छन् ।
सम्बन्धित समाचार
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

