मंकीपक्सका बिरामी दिल्लीमा पनि..
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा थप एक व्यक्तिलाई मंकीपक्स देखिएको छ ।
नयाँ संख्यासँगै भारतमा कुल मंकीपक्सका बिरामीको संख्या चार पुगेको छ । भारतीय सञ्चारमाध्यमले दिल्लीमा भेटिएका मंकीपक्सका बिरामीको अन्तर्राष्ट्रिय ट्राभल हिस्ट्री नभएको जनाएको छ । यद्यपि बिरामी हुनअघि उनी भारतमै हिमाचल प्रदेश गएर आएका थिए ।
स्वास्थ्यकर्मीले दिल्लीमा देखिएको मंकीपक्सको यो पहिलो केस भएको जनाए । आइतबार पश्चिम दिल्लीका ३१ वर्षीय स्थायी बासिन्दामा उक्त संक्रमण पुष्टि भएको र दुई हप्तासम्म ज्वरो आएपछि ती व्यक्ति दुई दिनअघि लोक नायक हस्पतामा भर्ना भएका थिए ।
उनीलाई हाल आइसोलेसनमा छन् । यहीबीच, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आम नागरिकलाई नडराउन आग्रह गर्दै संक्रमणको अवस्था नियन्त्रित रहेको बताए । साथै, उनले संक्रमितका लागि छुट्टै आइसोलेसन वार्ड बनाएको पनि बताए । यसअघि, जुलाइ १४ मा भारतको केरलामा पहिलो मंकीपक्सका बिरामी पुष्टि भएका थिए । यूएईबाट भारत फर्किएपछि ३५ वर्षीय व्यक्तिमा मंकीपक्स पुष्टि भएको थियो ।
त्यसैगरी, जुलाइ १८ मा केरलामै दोस्रो संक्रमित भेटिए । दुबइबाट भारत फर्किएपछि उनमा पनि संक्रमण देखिएको जनाइएको छ ।
शुक्रबार यूएईबाट फर्किएका भारतीयमा पनि संक्रमण पुष्टि भएको थियो । विश्व स्वास्थ्य संगठनले शनिबार जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वका ७५ देशमा १६ हजारभन्दा बढी मंकीपक्सका बिरामी पत्ता लागेका छन् ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
