पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाले गुमाए ज्यान
जानकारी केन्द्र
२०७९, श्रावण, ९
काठमाडौं । अछामको तुर्माखाँद–२ भुलुमा आइतबार राति पहिरोमा पुरिँदा एकै घरका ३ जनाको मृत्यु भएको छ । त्यस्तै एक जनाको भने जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।
आइतबार राति १ बजे अमर विष्टको घर पहिरोमा पुरिँदा उनकी भाउजु ४५ वर्षीया हरिकला विष्ट, भाइ विरेन्द्र विष्ट र भतिज १५ वर्षीय संविधान विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
अमरकी ६५ वर्षीया आमा नैना विष्टको भने जिवितै उद्धार गरिएको छ । त्यस्तै, पहिरोमा पुरिएर ५–६ वटा चौपाया मरेका छन् । घरमुली अमर विष्ट भने कामका सिलसिलामा साँफेबगर गएका थिए ।
पहिरो
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
