• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, असार २२, २०८२
आइतबार, असार २२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

के तपाई दाँत पहेलो भएर हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् घरमै उपचार

सीटीईभीटीको प्रि-डिप्लोमा निःशुल्क छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला

क्यापिटल क्विन नेपाल-२०२५ को ताज करुणालाई

हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपें अन्तरदेशीय भुक्तानी सम्झौता

निजगढमा सिसिटिभी जडान गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु

२०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

भटमास र सूर्यमुखी तेलको आयात–निर्यातमा उल्लेख्य वृद्धि

लोकप्रिय समाचार

  • १. २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

  • ३. २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल असार १६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ५. २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल असार १७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ७. २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ८. भारतमा चर्चित बनेको ‘एमजी विन्डसर ईभी’ नेपाली बजारमा सार्वजनिक : कति पर्छ मूल्य ?

  • ९. श्रीलंकाबिरूद्द नेपालको ८-० को शानदार जीत, साम्बाको ह्याट्रिक

  • १०. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

वैदेशिक रोजगारी स् नेपालीहरू कुन कामका लागि कुन देश धेरै जान्छन्

काठमान्डौं । वैदेशिक रोजगारीका लागि नेपालीहरू सबैभन्दा धेरै खाडी मुलुकहरू जाने गरेको पछिल्लो तथ्याङ्कले देखाएको छ । वैदेशिक रोजगार कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा म्यानपावार कम्पनीमार्फत्‌ नेपालीहरू सबैभन्दा बढी साउदी अरब गएको पाइएको छ ।

सन् २०२१ को जुलाई १६ देखि सन् २०२२ को जुलाई ५ तारिखसम्म १,२३,६५८ जना कामका लागि साउदी अरब गएका छन् । साउदी अरबपछि कतार ७१,२८० जना, यूएई ४३,६८० जना, कुवैत २०,८७८ र मलेशिया १९,६३५ जना गएको तथ्याङ्क छ ।

त्यसपछि म्यानपावर कम्पनीमार्फत्‌ धेरै नेपाली कामदारहरू जाने देशमा बहराइन, रोमानिया, साइप्रस, ओमान र क्रोएशिया रहेका छन् । गत आर्थिक वर्षमा व्यक्तिगत पहलमा नेपालीहरू गएका देशको सूचीमा क्रोएशिया चाहिँ पहिलो स्थानमा देखिन्छ ।

त्यहाँ ३,५५२ जना गएका तथ्याङ्क छ भने त्यसपछि कतार, यूएई, माल्दिभ्स, यूके, जापान र पोल्यान्डलगायत देश रहेका छन् ।

दोहर्‍याएर कुन देश धेरै रु
वैदेशिक रोजगारीबाट फर्केर फेरि नेपालीहरू जाने गरेका देशको सूचीमा कतार पहिलो नम्बरमा देखिएको छ । गत आर्थिक वर्षमा म्यानपावर कम्पनीमार्फत्‌ १,५८,८०८ जना नेपाली पुनः कतार गएको विभागको तथ्याङ्क छ ।

त्यसपछि ६७,३३३ जना यूएई र ६२,०५२ जना साउदी अरब पुनः कामका लागि गएको पाइएको छ । नेपाली कामदारहरू फर्केर पुनः गएका देशको सूचीमा जापान र माल्दिभ्स पनि रहेका छन् ।

कुन काममा बढी रु
गत आर्थिक वर्षको तथ्याङ्क अनुसार सबैभन्दा धेरै नेपालीहरू मजदुरका रूपमा गएको देखिन्छ । त्यसैगरी कारखानाका कामदार, सरसफाइ गर्ने कामदार, घरेलु कामदार निर्माण क्षेत्रका कामदार र सुरक्षागार्डका रूपमा पनि धेरै नेपाली विदेश जाने गरेका छन् ।

म्यानपावरमार्फत्‌ नभई व्यक्तिगत प्रयासमा विदेश जानेमा वेटर, भान्से, र परामर्शदाता लगायतका रूपमा पनि जाने गरेको तथ्याङ्कले देखाउँछ । यद्यपि त्यो सङ्ख्या विदेश जाने अदक्ष नेपाली कामदारको तुलनामा न्यून रहेको पाइएको छ ।

कम पैसा आउने काम
मागअनुसार सम्बन्धित देशमा नेपाली कामदारहरू जाने गरेको अधिकारीहरू बताउँछन् । “जहाँबाट जति धेरै कामदारको माग आउँछ त्यही नै धेरै जाने हुन्,” वैदेशिक रोजगार विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बीबीसीसँग भने ।

तर नेपाली कामदारहरू जाने गरेका अधिकांश काम कम तलब एवं सुविधा हुने खालका भएको अधिकारीहरू पनि स्वीकार्छन् । “अधिकांश हाम्रा कामदार अदक्ष हुने गरेका छन् जसका कारण उनीहरूले पाउने तलब, सुविधा पनि कम नै हुने गर्छ,” निर्देशक सुनुवारले थपे ।

“हामीले धेरै दक्ष कामदार पठाउन सक्ने भए उनीहरूले पठाउने रेमिट्यान्स पनि बढी हुन्थ्यो भने राज्यले उद्धार लगायत काममा पनि धेरै समय खर्चिनुपर्दैनथ्यो ।”

घरेलु हिंसामा पर्ने, अलपत्र पर्ने नेपाली कामदारको उद्धारमा पनि राज्यको समय र रकम खर्च हुने गरेको अधिकारीहरू बताउँछन् । यो अवस्थामा सुधारका निम्ति प्रयासहरू जारी रहे पनि अझै अपेक्षित उपलब्धि हुन नसकेको निर्देशक सुनुवारको भनाइ छ ।

आप्रवासन विज्ञ के भन्छन् रु
तलब एवं सेवासुविधाका आधारमा आकर्षक श्रम बजारमा भन्दा पनि जहाँबाट माग आयो त्यहीँ नै नेपालले कामदार पठाउने प्रवृत्ति रहेको कतिपय विज्ञ बताउँछन् ।

“एकातिर अदक्ष कामदार बोलाउँदा कम पैसा दिनुपर्ने भएर गन्तव्य मुलुकले फाइदा देख्ने भए भने अर्कोतिर नेपालमै रोजगारी नभएकोले पठाइहाल्ने प्रवृत्ति छ,” आप्रवासनसम्बन्धी विज्ञ सरू जोशीले भनिन् ।

“हाम्रा कामदारले कहाँ राम्रो र धेरै सुविधा पाउँछन् उनीहरूको कहाँ धेरै सुरक्षा हुन्छ भन्ने कुरामा त्यति ध्यानै दिइएको देखिँदैन ।” उनका अनुसार नेपालले दक्ष कामदारहरू पठाउने गरेको भए यहाँ भित्रिने रेमिट्यान्स अर्थात्‌ विप्रेषणको अवस्था नै बेग्लै हुन्थ्यो ।

“नेपाल आउने रेमिट्यान्स नै अहिलेको भन्दा दुईरतीनगुना बढी हुन्थ्यो । कामदारले व्यक्तिगत रूपमा र राज्यले लिन फाइदा पनि धेरै हुन्थ्यो,” जोशीले थपिन् । श्रम कूटनीति र अर्थ कूटनीतिलाई लिएर राज्य गम्भीर हुनुपर्ने उनको सुझाव छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सीटीईभीटीको प्रि-डिप्लोमा निःशुल्क छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला
    निजगढमा सिसिटिभी जडान गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु
    भटमास र सूर्यमुखी तेलको आयात–निर्यातमा उल्लेख्य वृद्धि

    लोकप्रिय

    २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

    २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार १६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    के तपाई दाँत पहेलो भएर हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् घरमै उपचार

    सीटीईभीटीको प्रि-डिप्लोमा निःशुल्क छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला

    क्यापिटल क्विन नेपाल-२०२५ को ताज करुणालाई

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    • के तपाई दाँत पहेलो भएर हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् घरमै उपचार
    • सीटीईभीटीको प्रि-डिप्लोमा निःशुल्क छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला
    • क्यापिटल क्विन नेपाल-२०२५ को ताज करुणालाई
    • हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.