रूखले किच्यो डाक्टर बनेर दिन दुःखीको उपचार गरेर खुसी पार्ने लक्ष्य
काठमाडौं । विशेष खर्बुजा भक्तपुरको ख्वप कलेजका राम्रा विद्यार्थी हुन् । भक्तपुर नगरपालिका(२ का विशेष भविष्यमा डाक्टर बनेर कलेज र परिवारको नाम उज्ज्वल बनाउन चाहन्थे ।
‘बायोलोजी’ विषय लिएर पढेका उनी कक्षा १२ को परीक्षा दिएर नतिजाको पर्खाइमा थिए । डाक्टर बनेर देशका दिनदुःखीको उपचार गरेर उनीहरूलाई खुसी पार्ने लक्ष्य उनको थियो ।
तर उनको त्यो लक्ष्य अब कहिल्यै पूरा नहुने भएको छ । आइतबार एक्कासि रूख ढलेर गाडीमा बज्रिँदा उनको मृत्यु भयो । विशेषका बाजे पर्ने समाजसेवी रवीन्द्र खर्बुजाका अनुसार विशेष १२ कक्षा उत्तीर्ण भएपछि एमबिबिएस पढ्ने तयारीमा थिए ।
‘डाक्टर बनेर आफ्नो परिवारलाई मात्रै होइन, देशका दिन दुःखीको उपचार गरेर खुसी बनाउँछु भन्थे तर सबैलाई रुवाएर गए,’ खर्बुजाले भने । काठमाडौंबाट भक्तपुर आउने क्रममा भक्तपुरको सल्लाघारीमा गुडिरहेको बारख ३५८४ नम्बरको मिनीबसमाथि अचानक रूख ढलेर बज्रिँदा उनको निधन भएको हो ।
त्यही नै आइपुगेको बा ६१ प ३९७८ नम्बरको स्कुटरमाथि पनि सोही रूख बजियो । रूख ढल्दा दुवै सवारी साधनमा सवार गरी तीन जनाको मृत्यु भएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
