सूर्यविनायकमा पूजा गर्दै ‘छक्का पञ्जा ४’ घोषणा, बाहिरिएका जितुले दिए शुभकामना
काठमाडौं। दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको समुहले छक्का पञ्जा सिरिजलाई नै अगाडि बढाउने भएको छ । उक्त समुहले छक्का पञ्जा अन्तर्गतको चौथो सिरिजको घोषणा गरेको हो ।
सूर्यविनायकमा सोमबार पूजाआजा गर्दै निर्माण टिमले फिल्मको नाम र कलाकारको नाम औपचारिक रुपमा घोषणा गरेको हो । फिल्ममा निर्देशक र केही कलाकार परिवर्तन भएका छन् । छक्का पञ्जा ४’ लाई हेमराज बिसीले निर्देशन गर्दैछन् । यसअघिका तीनै शृंखला दीपाश्री निरौलाले निर्देशन गरेकी थिइन् । योबाहेक फिल्मबाट निर्माताको टिम पनि अलग्गिएको छ ।
यसअघि फिल्ममा साझेदार रहँदै आएका सुमन गिरी र निशान बजगाईं यो फिल्मको निर्माण समूहबाट अलग भएका छन् । उनीहरूले जितु नेपालसँग मिलेर फिल्म निर्माण गर्ने तयारी गरिरहेका छन् ।
यसैगरी यो फिल्मबाट राज आचार्यले हिरोमा डेब्यू गर्दैछन् । फिल्मको यो शृङ्खलामा यस पटक मलिना जोशी र बेनिशा हमाल थपिएका छन् । यसअगाडि दीपकले अर्कै शिर्षकमा फिल्म बनाउने सोच बनाएका थिए ।
यद्यपि ‘कबड्डी’ को चौथो शृङ्खलाले गरेको व्यापारपछि उनको समुहले यसै नाममा फिल्म बनाउने निधो गरेको हो । कबड्डीको चौथो शृङ्खलाले नेपालमा मात्र नभई विदेशमा पनि उत्तिकै व्यापार गरेको थियो ।
यो फिल्मलाई दसैँ वा तिहारमा प्रदर्शनमा ल्याउने गरि फिल्मको छायांकन आजैबाट सुरु गरिएको छ । घोषणा गरिएको सो चलचित्र २०१६ मा बनेको ब्लकबस्टर हास्य चलचित्र ‘छक्का पञ्जा’ को चौथो संस्करण हो ।
त्यस्तै तेस्रो संस्करणसम्म चलचित्रमा हास्य पात्रका रूपमा देखिएका हास्य कलाकार जितु नेपाल ‘छक्का पञ्जा ४’ मा नदेखिने पक्का भएको छ । चलचित्रमा आफू नभएता पनि टिमलाई शुभकामना दिन सोमबार उनी फूल लिएर भक्तपुर पुगेका थिए । दीपाश्री निरौला र जितु नेपालबिच भएको आपसी मनमुटाबका कारण सायद जितु यो भागमा नभएको हुन सक्ने धेरैको अनुमान छ ।
सम्बन्धित समाचार
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ब्रहमाण्डका रहस्य खोतल्न नासाको ‘रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

