एभरेष्ट बैंकले १०.५ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्ने
काठमाडौं। एभरेष्ट बैंकले ६ वर्ष अवधिको १०.५ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १८ साउनदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कान गर्न लागेको हो । प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । ‘एभरेष्ट बैंक ऋणपत्र २०८५’ नाद दिएको ऋणपत्रमा लगानी गर्नेले १०।५ प्रतिशत ब्याजदर प्रापत गर्नेछन् ।
ब्याजदर त्रैमासिक रुपमा भुक्तानी हुने बैंकले जनाएको छ । कुल निष्कासन गर्न लागेको ऋणपत्र मध्ये ६० प्रतिशतले हुन आउन १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता व्यक्रिगत तवरले बिक्री गर्ने जनाएको छ । बाँकी रहेको ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । ७ लाख २० हजार कित्ता भने सार्वजनिक निष्कासनत हुनेछ ।
उक्त ऋणपत्रमा खरिदको लागि न्युनतम २५ कित्ताको दरले हुने २५ हजार रुपैयाँ लगानी गर्नुपर्छ। बढीमा भने माग गरेअनुसारनै आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । सर्वसाधारणले सी(आस्बा सदस्य बैंक तथा वित्तीय संस्था बाट आवेदन दिने सक्नेछन् । बैंकले ऋणपत्र निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी डबल ए माइनस’ रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्छ । ऋणपत्रमा छिटोमा २२ साउन र उक्त अवधिमा माग अनुसारको आवेदन नपरेमा आवेदन दिने अवधी ढीलोमा १ भदौससम्म रहनेछ ।
सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
