चलचित्र विकास बोर्डका अध्यक्षमा भुवन, भन्छन् ‘नेपाली फिल्मको लागि शहीद हुन तयार छु’
काठमाडौं । चलचित्र विकास बोर्डकाको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । उनले बुधबार पदभार ग्रहणपछि आयोजित स्वागत कार्यक्रममा बोल्दै आफू फिल्म क्षेत्रको विकासका लागि शहीद हुन समेत तयार रहेको बताएका छन् ।
आक्रामक लबजमा सुनिएका उनी धेरै पहिलेदेखि विदेशी फिल्मको नियन्त्रणको विषयमा गम्भीर देखिन्छन् । धेरै पटक उनले विदेशी फिल्मलाई कोटा लगाउनेदेखि नियन्त्रण गर्नेसम्मको अभिव्यक्ति दिंदै आएका छन् ।
कार्यक्रममा उनले भने, ‘मेरो तन, मन, धन र मेरो सपना नै चलचित्र क्षेत्र र चलचित्रकर्मीको उत्थान र विकासको लागि हो । यदि म एक जना भिक्टिम भएर, म एक जना शहीद भएर मेरो चलचित्र क्षेत्र मेरो कलाकारिता क्षेत्र मेरो कलाकार प्राविधिक साथी, मेरो देश भाषा र संस्कृति क्षेत्रको राम्रो हुन्छ भनेदेखि बरु म शहीद हुन तयार छु । त्यसकारण म जहाँ पनि जान तयार छु चलचित्र क्षेत्रको लागि ।’
राजनीति नियुक्तिको आधारमा उनी अध्यक्ष पदमा पुगेको भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले सो जवाफ दिए हुन् । उनले चाँडै गोलमेच सम्मेलन गर्ने र चलचित्रकर्मीको सुझाव संकलन गर्ने योजना रहेको पनि बताए ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
