Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

आरजु र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, श्रावण, ११
आरजु र भाजपा विदेश विभाग प्रमुखबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको जनाइएको छ ।

हाल आरजु स्वास्थ्य उपचारका क्रममा नयाँदिल्लीमा छन् । त्यस्तै, चौथाइवालेले ट्विटरमा देउवासँग भारतको नयाँदिल्लीमा भेटवार्ता भएको कुरा उल्लेख गरेका छन् । जहाँ उनले ६ महिनापछि देउवासँग भेट भएको भन्दै खुशी व्यक्त गरेका छन् ।

चौथाइवाले नेपाल भ्रमणमा आएका बेला गत वर्ष प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आरजुले उनलाई जनैपूर्णिमाको दिन राखी बाँधिदिएकी थिइन् ।

Top Changing Nepal

युट्युब सट्स