कंगो: शान्ति सेनामाथि आक्रमण
काठमाडौं । कंगोमा संयुक्त राष्ट्रसंघविरूद्ध प्रदर्शन गरिरहेकाहरूले शान्ति सेनाको क्याम्पमा पनि आक्रमण गरेका छन् ।
प्रदर्शनकारीहरूले मंगलबार कंगोको उत्तरी क्षेत्रमा पर्ने किभु प्रान्तमा रहेको क्याम्पमा आक्रमण गरेका थिए । सेनाका प्रवक्ता नारायण सिलवालले त्यहाँ रहेका नेपाली सैनिक भने सुरक्षित रहेको बताएका छन् ।
सिलवालले भने, ‘हामी त्यहाँ रहेका नेपाली सैनिकसँग नियमित सम्पर्कमै छौं । त्यहाँको घटनालाई नजिकबाट नियालिरहेका छौं । उहाँहरू सुरक्षित रहेको जानकारी पाएका छौं ।’ आक्रमणमा दुई जना भारतीयसहित ३ शान्ति सैनिकको मृत्यु भएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले ट्वीटमार्फत् आफ्ना सैनिक मारिएकोमा दुख व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘आक्रमणबाट दुई जना भारतीय सैनिकको मृत्यु भएको समाचारप्रति निकै दुखी छु । आक्रमणकारीलाई न्यायिक कठघरामा उभ्याउनैपर्छ ।’
यसैगरी, शान्ति सैनिकमाथिको आक्रमणलाई राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले भनेका छन् – शान्ति सेना माथिको आक्रमण युद्ध अपराध हो ।
सम्बन्धित समाचार
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

