कंगो: शान्ति सेनामाथि आक्रमण
काठमाडौं । कंगोमा संयुक्त राष्ट्रसंघविरूद्ध प्रदर्शन गरिरहेकाहरूले शान्ति सेनाको क्याम्पमा पनि आक्रमण गरेका छन् ।
प्रदर्शनकारीहरूले मंगलबार कंगोको उत्तरी क्षेत्रमा पर्ने किभु प्रान्तमा रहेको क्याम्पमा आक्रमण गरेका थिए । सेनाका प्रवक्ता नारायण सिलवालले त्यहाँ रहेका नेपाली सैनिक भने सुरक्षित रहेको बताएका छन् ।
सिलवालले भने, ‘हामी त्यहाँ रहेका नेपाली सैनिकसँग नियमित सम्पर्कमै छौं । त्यहाँको घटनालाई नजिकबाट नियालिरहेका छौं । उहाँहरू सुरक्षित रहेको जानकारी पाएका छौं ।’ आक्रमणमा दुई जना भारतीयसहित ३ शान्ति सैनिकको मृत्यु भएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले ट्वीटमार्फत् आफ्ना सैनिक मारिएकोमा दुख व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘आक्रमणबाट दुई जना भारतीय सैनिकको मृत्यु भएको समाचारप्रति निकै दुखी छु । आक्रमणकारीलाई न्यायिक कठघरामा उभ्याउनैपर्छ ।’
यसैगरी, शान्ति सैनिकमाथिको आक्रमणलाई राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले भनेका छन् – शान्ति सेना माथिको आक्रमण युद्ध अपराध हो ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
