गाउँमा घट्टे खोला पसेपछि २५ घर विस्थापित
जानकारी केन्द्र
२०७९, श्रावण, १२
काठमाडौं । अविरल वर्षाले घट्टे खोलामा बाढी आएपछि रुकुम पश्चिमका २५ घर विस्थापित भएका छन् ।
कर्णाली प्रदेश प्रहरीले १० गतेदेखि लगातार वर्षा परेपछि आठबीसकोट नगरपालिका वडा नम्बर ७ गाराको घट्टे खोला गाउँमा पसेको जनाएको छ । स्थानीय जनप्रतिनिधि र प्रहरीको सहयोगमा खोलाको उच्च जोखिममा परेका ती परिवारलाई आफन्तको घरमा राखिएको छ ।
आठबीसकोट नगरपालिकाका मेयर रवी केसीले सडक खन्ने क्रममा निस्किएको माटो र ढुङ्गा बगेर खोलामा मिसिदा घट्टे खोलामा लेदोसहितको बाढी आई गाउँमा पसेको जनाए । बाढीले गाउँको धान, मकै र अन्य खेतीबाली सबै नस्ट गरेको छ ।
प्रदेश प्रहरीले ईलाका प्रहरी कार्यालय आठबीसकोट खटिएको प्रहरी र स्थानिय तहको सम्वन्वयमा जेसीबी लगाएर खोलालाई साबिक ठाउँमा ल्याउने प्रयास भइरहेको जानकारी दिएको छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

