बैतडीमा बञ्चरोको प्रहारले बुवाको हत्या
जानकारी केन्द्र
२०७९, श्रावण, १३
काठमाडौं । बैतडीमा आज बिहान छोराले बञ्चरो प्रहार गरी बुवाको हत्या गरेका छन् ।
डिलाशैनी गाउँपालिका-५ शेरामा २२ वर्षीय लोकराजले बिहान ६ बजे बञ्चरो प्रहार गरी ६८ वर्षीय अन्तराम जोशीको हत्या गरेका हुन् । डिलाशैनी गाउँपालिका-५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बञ्चरो प्रहार गरेको जानकारी दिए ।
उनका अनुसार मानसिक अवस्था ठिक नभएका लोकराजले बञ्चरो प्रहार गरेका थिए र टाउकोमै चोट लागेका अन्तरामको घटनास्थलमै मृत्यु भएको हो । बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले छोरो लोकराजलाई नियन्त्रणमा लिएको जनाए । इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक कमल चौधरी नेतृत्वको टोली अनुसन्धान गर्न घटनास्थल पुगेको छ ।
सम्बन्धित समाचार
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

