कर छलीको आरोपमा शकिरामाथि ८ वर्ष बढी जेल सजाय
एजेन्सी । कोलम्बियाली पप स्टार शकिरालाई कर छलीको आरोप लागेको छ ।
स्पेनको एक अदालतले कर छलीको आरोपमा शकिराको अपिल खारेज गरेको छ । रिपोर्टका अनुसार स्पेनका अभियोजकले यस मामिलामा शकिराविरुद्ध ८ वर्षभन्दा बढी जेल सजायको माग गर्ने बताएका छन् । यससँगै उनीहरुले २४ मिलियन डलर जरिवाना पनि माग गर्ने तयारी गरेका छन् । तर, अहिलेसम्म अदालतबाट सुनुवाइको मिति दिइएको छैन ।
यसअघि शकिराले आफ्ना वकिलमार्फत् एक बयान जारी गरी सम्झौताको निवेदन खारेज गरेको जानकारी दिएकी थिइन् । उनले भनेकी छन्, ‘म निर्दोष छु । अब यो मुद्दा अदालतमा जान दिनुहोस् । कर छलीका सबै आरोपमा म त्यहाँ आफू निर्दोष भएको प्रमाणित गर्नेछु । मैले कुनै पनि प्रकारको कर छलेको छैन।’ शकिरामाथि कर छलीको आरोप पहिलोपटक सन् २०१८ मा समाचारमा आएको थियो । त्यतिबेला स्पेनका वकिलहरूले गायिकाले २०२१ देखि २०१४ सम्मको आम्दानीमा करिब १५ करोड ५० लाख डलर जम्मा नगरेको आरोप लगाएका थिए ।
यस मामिलामा शकिरा २०१९ को जुनमा अदालतमा हाजिर भइन् । उनले आफ्नो बयानमा गल्ती अस्वीकार गरेकी थिइन् । उनले कर कार्यालयबाट जानकारी पाएलगत्तै रकम जम्मा गरेको पनि बताएकी थिइन् ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
