अनेरास्ववियुद्वारा त्रिवि सेवा आयोगको ताला खोल्न माग गर्दै प्रदर्शन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको कार्यालयबाहिर नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले प्राध्यापक र सहप्राध्यापकको अन्तर्वार्ता सञ्चालनको माग गर्दै प्रदर्शन गरेको छ ।
आइतबार अनेरास्ववियूले सेवा आयोगको समस्या वार्ता गरी समाधान गर्न र तत्काल ताला खोल्न माग गर्दै प्रदर्शन गरेको हो । नेपाली कांग्रेसका विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गरेको तालाबन्दीका कारण सेवा आयोगको काम हाल बन्द छ । अनेरास्ववियुका केन्द्रीय कमिटी सचिवालय सदस्य तथा त्रिवि इन्चार्ज मदन विष्टले सेवा आयोगमा ताला लाग्दा प्राध्यापक र सहप्राध्यापकको पूर्वनिर्धारित परीक्षा सञ्चालनको माग गर्दै प्रदर्शन गरेको बताए ।
यसैगरी, सेवा आयोगले त्रिविलाई एमालेको भर्ती केन्द्र बनाउन खोजेको आरोप लगाउँदै पूर्वनिर्धारित परीक्षा स्थगित नगरेसम्म आयोगका अध्यक्ष लालुप्रसाद पौडेललाई कार्यालय प्रवेश गर्न नदिने भन्दै नेविसंघले साउन १३ गते तालाबन्दी गरेको थियो ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
