एक महिनामा ३२.५६ रुपैयाँ घटेर आयो पेट्रोल
काठमाडौं । एक महिनाको अवधिमा इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट प्रतिलिटर पेट्रोलमा ३२ रुपैयाँ ५६ पैसा घटेर आएको छ ।
आईओसीबाट भाउ बढेर आउँदा स्वचालित मूल्य प्रणालीका नाममा तत्काल भाउ बढाउने नेपाल आयल निगम भने पछिल्लो एक महिनामा लगातार दुईपल्ट भाउ घटेर आउँदा पनि स्वचालित मूल्य प्रणालीको उच्चारण गर्न पनि चाहँदैन । आईओसीले नेपाललाई विक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको यो दोस्रो पटक हो । प्रत्येक अङ्ग्रेजी महिनाको पहिलो तथा पन्ध्रौँ तारिखमा आईओसीले इन्धनको नयाँ मूल्य पठाउँछ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि यसपटक १६ जुलाई तथा १ अगस्ट गरेर दुई पटक आईओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको छ। आईओसीले १ अगस्टमा पठाएको नयाँ मूल्य सूचीअनुसार प्रतिलिटर पेट्रोलमा १६.८० रुपैयाँ तथा डिजेल र मटीतेलमा १२.४५ रुपैयाँले घटाएको छ भने यसअघि गत १५ जुलाईमा पनि आईओसीले पठाएको मूल्यसूचीमा प्रतिलिटर पेट्रोलमा १५.७६ रुपैयाँ र डिजेलमा १६.५६ रुपैयाँले मूल्य घटाएको थियो। तर, भारतबाट मूल्य घटेर आए पनि निगमले भने अझै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छैन । आजको कारोबार दैनिकमा समाचार छ ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

